नबिल बैंकको १० शाखा विस्तार

काठमाडौं / रास– नबिल बैंकले वीरेन्द्रनगर(सुर्खेत) टिकापुर(कैलाली), तालचोक, बगर, अमरसिंहचोक(पोखरा, कास्की), लमही(दाङ), बर्दिबास(महोŒारी), टा“डी(चितवन), लाहान(सिराहा) तथा हरिवन(सर्लाही) गरी एकै दिनमा १० नया“ शाखा खोलेको छ । बैंकको थप नया“ शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

देशको अग्रणी स्थानमा रहन सफल भएका बैंकहरूमध्ये एक नबिल बैंकले अनवरत रूपमा आफ्ना सेवा तथा सुविधाहरू समाजका विभिन्न Ôेत्र र तप्काका बढीभन्दा बढी ग्राहकलाई उपलब्ध गराउने उद्देश्य अनुरूप देशका विभिन्न Ôेत्रका आफ्नो शाखा कार्यालयको सञ्जाल बढाउ“दै लगिरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हालै खोलिएका १० नया“ शाखासहित नबिल बैंकले ६२ वटा शाखा तथा २ एक्स्टेन्सन काउन्टरसहितको बृहत् सञ्जाल, १ सय वटा एटीएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत देशव्यापी रूपमा र विदेश अवस्थित अन्य धेरै बैंैंकिङ एजेन्सीमार्फत विश्वभर सेवा प्रदान गरी आएको छ । बैंक आफ्ना सम्पूर्ण स्टेकहोल्डरको साथ ‘सँगै अघि’ बढ्नेमा विश्वास राखेको बैंकले जनाएको छ ।