एनएमबी ‘बैंक अफ दि इयर’बाट सम्मानित

काठमाडौं / रास– एनएमबी  बैक ‘बैंक अफ दि इयर’बाट सम्मानित भएको छ । सन् २०१७ को उत्कृष्ट नेपाली बैंकका रूपमा उक्त बैंक सम्मानित भएको हो । बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त सम्मान गरेको हो ।

एफएमओ, नेदरल्यान्ड्ससँग विदेशी साझेदारका रूपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ अन् भ्यालुजको सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित भएको हो ।

लन्डनमा आयोजित अवार्ड वितरण समारोहमा बैंकका अध्यक्ष पवनकुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरेका हुन् । बैंक अफ दि इयर अवार्ड विश्वव्यापी रूपमा बैंकिङका लागि तोकिएको मापदण्डअनुसार उत्कृष्ट ठहर भएका बंैकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना सेयरहोल्डरहाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, सेयरहोल्डरको मूल्य मान्यता, सेवाग्राहीको सक्रियतालगायत अन्य मापकको आधारमा विजेताको छनोट गरिन्छ