‘होन्डा हिल फर्चुन’को विजेता छनोट

काठमाडौं / रास– नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम ‘होन्डा हिल फर्चुन २’ का विजेता घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्रमार्फत १० जना भाग्यशाली विजेताले ह्लिलाई घुमाएर १६ लाखभन्दा बढी नगद पुरस्कार प्राप्त गरेका छन् ।

बम्परमा सोही कुपनबाट लक्की ड्रअन्तर्गत सहभागी भएका चन्द्र कोइरालालाई १० लाख, रमिला खत्रीलाई ४ लाख, त्यसैगरी प्रत्युस श्रेष्ठ, विनोद महर्जन, देवकुमार श्रेष्ठ, बाबुराजा महर्जन, रामकृष्ण श्रेष्ठ र रोजिना शाक्यले १ लाख, नगद पुरस्कार जितेका हुन् । यसका साथै स्याकार टे«डिङ कम्पनीले शिवराज सुवेदीलाई क्यान्सरपीडित आमाको उपचारका लागि थप १ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । सबै विजेतालाई कम्पनीले बधाई ज्ञापन गर्नुका साथै अगामी दिनमा यस्तै रोचक अफर र सेवाहरू ग्राहकमाझ ल्याउने लक्ष्य कम्पनीले लिएको विज्ञप्तिमा उल्लेख छ ।