नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं / रास– नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना कम्पनीका विमितका परिवारलाई ३८ लाख ५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत १५ मंसिर २०७४ मंसिरमा ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सीईओ भरत बस्नेतले हस्तान्तरण गरेका हुन् ।

आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले नेसनल लाइफमा ३१ असार २०७१ मा २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए । विमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो ।

बिमित वलीको १६ जेठ २०७४मा निधन भएको थियो । कम्पनीका नायब महाप्रबन्धक सुरेशप्रसाद खत्रीसहितका उच्च अधिकारीहरू, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी धर्मपत्नी कौशिलालाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरेको हो । मृतक रत्नबहादुर तुलसीपुर उपमहानगरपालिका–५, का जंगवीर वलीका छोरा हुन् ।