थार्ई एयरवेजको ५०औं स्वर्ण जयन्ती

काठमाडौं / रास– नेपालमा सञ्चालनको ५०औं वर्ष पूरा गरेको अवसरमा थार्ई एअरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेडले स्वर्ण जयन्ती मनाएको छ ।

सन् १९६८, डिसेम्बर ४ मा थाईले पहिलो पटक नेपालमा आफ्नो उडान भरेको थियो । प्यासेन्जर जेट नेपालमा भिœयाउन पहिलो उडानसमेत रहेको थाई एअरलाइन्सले नेपाललाई विश्वका अन्य भागमा समेत परिचित बनाएको थियो ।

सुरुवाती दिनमा साप्ताहिक रूपमा उडान भर्ने थाईले बिस्तारै बढ्दो मागसँगै आफ्नो उडानको संख्या बढाएको थियो । सन् १९९७, अक्टोबरदेखि थाईले नेपालमा दैनिक रूपमा ए ३ सय–८ सय प्लेनको सञ्चालन गरेको थियो भने सन् १९९८, नोभेम्बरमा भिजिट नेपाल १९९८ लाई समर्थन गर्दै नेपालमा वि ७ सय ७७–२ सय भिœयाएको थियो ।

५० वर्षको सुनौलो यात्रामा थाईले विभिन्न ऐतिहासिक सफलता आफ्नो हात पारेको छ । सन् १९८५, नोभेम्बरमा काठमाडौंमा कम्प्युटरको माध्यमबाट रिर्जभ गर्ने पहिलो एअरलाइन्सका रूपमा थाई स्थापित भएको हो ।

थाईले विभिन्न ट्राभल एजेन्टलाई समेत सन् १९९० देखि यो सेवा प्रदान गर्दै आएको छ । थाईले निरन्तर रूपमा विभिन्न नयाँ गन्तव्यतर्फ आफ्नो रुट विस्तार गर्दै आएको छ ।

थाईको आफ्नै सिल्कक्लास लन्ज, आफ्नै ग्राउन्ड ह्यान्डलिङ सर्भिस, रोयल अर्किड होलिडे प्याकेज, आफ्नै टेक्निकल ह्यान्डलिङ सर्भिस र फस्ट इन–फ्लाइट म्याजेजिन–सवादीले समेत थाईमा थप र नयाँ आयाम जोडेको पनि विज्ञप्तिमा उल्लेख छ । नेपालमा निरन्तर रूपमा सीएसआर कार्यक्रमहरू आयोजना गर्दै आएको थाईले प्रत्येक वर्ष ३१ जुलाइका दिन रक्तदान कार्यक्रम, वार्षिक मोतीबिन्दु सर्जरी क्याम्प, कार्डियो चेक–अप र हेल्थक्याम्पका साथै अनाथलयलाई स्टेसनरी सामानहरूसमेत प्रदान गर्दै आएको छ ।

थाईले नेपालमा रहेको रोयल थाई राजदूतावास, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरण, नबिल बैंक लिमिटेड र होटेल अन्नपूर्णलाई प्रशंसा पत्रले सम्मानित गरेको छ । यसका साथै थाईले मिस नेपालका शीर्ष ३ प्रतियोगीलाई समेत आफ्नो सेवा र सुविधा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । थाईले काठमाडौंमा आफ्नो स्वर्णजयन्ती सन् २०१८ भरि विभिन्न कार्यक्रमका साथ मनाउने घोषणा पनि गरेको छ ।