भारत विजयनजिक

 

एजेन्सी / दिल्ली

पाहुना टोली श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा घरेलु टोली भारत जितनजिक पुगेको छ । दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट मैदामा चौथो दिनको खेल सकिँदा भारत जिततर्फ अग्रसर भएको हो । भारतले दिएको ७ सय ८२ रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंका चौथो दिनको खेल सकिँदा दोस्रो इनिङ्समा ३ विकेट गुमाएर ३१ रनमा खेलिरहेको छ ।

श्रीलंकालाई अब जितका लागि १६ ओभरमा ३ सय ७९ रन आवश्यक छ । जुन असम्भव छ । श्रीलंकाका धनन्जय डी सिल्भा १३ रनमा अविजित छ । उसलाई एन्जेलो म्याथ्युले शून्य रनमा साथ दिइरहेको छ ।

दिमुथ करुनारत्ने १३ रनमा रवीन्द्र जडेजाको बलमा रिद्दिमान शाहबाट क्याचआउट भए । सदिरा समाराविक्रमा ५ रनमा क्याचआउट भए । सुरुंगा लकमल जडेजाको बलमा आउट भए । भारतका रवीन्द्र जडेजाले २ तथा मोहम्मद सामीले १ विकेट हात पारे । श्रीलंका पहिलो इनिङ्समा ३ सय ३७ रनमा अलआउट भएको थियो । भारतले पहिलो इनिङ्समा ५ सय ३६ तथा दोस्रो इनिङ्समा २ सय ४६ रनमा खेल डिक्लियर गरेको थियो । टेस्ट सिरिजमा भारत १–० ले अघि छ । भारतले पहिलो टेस्ट जित्दा दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।