सबै केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी

केशवराज पौडेल / काभ्रे

आउँदो २१ मंसिरका दिन हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि काभ्रेका सबै मतदान स्थलमा मतदान सामग्री र कर्मचारीहरू पु्गिसकेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा रहेका १८९ मतदान स्थलमा आवश्यक सुरक्षाकर्मीसहित निर्वाचन सामाग्री र निर्वाचन कर्मचारीहरू मतदानस्थलमा पुगेका हुन् । काभ्रेमा रहेका मतदानस्थलमध्ये १८ मतदानस्थल अति संवेदनशील र १६ मतदान केन्द्र संवेदनशील वर्गमा जिल्ला सुरक्षा समितिले राखेको छ । काभ्रेमा रहेका ३४ मतदानस्थल बाहेक अरु सबै सामान्य अवस्थामा रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले बताए ।

निर्वाचनको लागि जिल्लास्थित सुरक्षा निकायले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । सुरक्षा अवस्थालाई ध्यान दिंदै अहिले जिल्लाका विकट क्षेत्र डाँडापारि र कोशीपारि लगायतका स्थानहरूमा नेपाली सेनाले अस्थायी वेसक्याप नै स्थापना गरेको छ । जिल्ला सुरक्षा समितिले सुरक्षाका लागि तीन हजार ५ सय हाराहारीमा नेपाली सेना सशस्त्र, नेपाल प्रहरी, म्यादी प्रहरी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलबाट निर्वाचन सामग्रीहरू लिएर जिल्लाको विभिन्न क्षेत्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए । मंगलवार सबै निर्वाचन केन्द्रमा कर्मचारी पुगिसक्ने पोखरेलले बताए । निर्वाचन गराउन खटिएका कर्मचारीहरू मतदान केन्द्रमापुगेर मतदाता परिचयपत्रवितरण थालेका छन् । काभ्रेमा कुल मतदाता २ लाख ७२ हजार २९२ रहेको छ ।

पाल्पामा मतदाता परिचय पत्र वितरण गर्दै कर्मचारी ।

क्षेत्रीय सुरक्षाका प्रमुखद्वारा निरीक्षण

दैलेख :  बिहीबार हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा व्यवस्थाको निरीक्षण गर्न क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरूले दैलेखमा निरीक्षण गरेका छन । निरीक्षणमा मध्यपश्चिमका पृतनापति कविन्द्र लिम्बु, नेपाल प्रहरीका एआईजि रणबहादुर चन्द, सशस्त्र प्रहरी दलका डिआईजी बसन्त कमाुर बानियाँ र राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले लगायतको टोली जिल्लाको शान्ति सुरक्षाको अवस्था बुझ्न दैलेख आएको प्रमुख जिल्ला अधिकारी शिवराज न्यौपानेले बताए । सो टोलीले जिल्लाको शान्ति सुरक्षा र निर्वाचनका सुरक्षाका लागि आवश्यक निर्देशन दिन टोली दैलेख आएको सुर्खेत र दैलेख सडक सेरोफेरोमा पर्ने मतदान स्थलमा निरक्षण गर्ने बताए ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न १० पक्राउ

भोजपुर÷रास– जिल्ला प्रहरी कार्यालय भोजपुरले निर्वाचन विरोधी गतिविधि संलग्न भएको आरोपमा हालसम्म १० जनालाई पक्राउ गरिसकेको जनाएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न उनीहरूलाई कुदाकाउले, बोया, भोजपुर सदरमुकाम, अन्नपुर्ण लगायतका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई जना शिक्षक समेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका आरोपीहरूलाई म्याद थप गरी सार्वजनिक लगायत प्रकृति हेरेर मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा

अछाम :  अछाममा चिर्वाचनको तयारी करिव–करिव पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । आवश्यक जनशक्ति परिचालन गरिसकिएको र व्यवस्थित रुपमा मतदान गर्ने व्यवस्था मिलाउन सम्पूर्ण मतदान केन्द्र्रहरूमा कर्मचारीहरूले काम गरिरहेको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लाभरका जम्मा १९७ मतदान केन्द्रमा १ जना मतदान अधिकृत र १ जना सहायक मतदान अधिकृत गरी जम्मा ४६६ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । एउटा मतदान केन्द्रका लागि दुईदेखि तीन जना स्वयंसेवक सहित औसतमा १२ जना कर्मचारी खटाइएको उनले बताए । जसमा १९७ जना मतदाता शिक्षा स्वयंसेवक समेत रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार सोमबार नै सबै मतदान केन्द्र र मतदान स्थलहरूमा मतपत्रलगायत निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । कालेकाँडा, ऋषिदह, भुलू, रहफ, बलाता लगायत दुर्गम ठाउँमा रहेका मतदान केन्द्रहरूमा भने आइतबार नै कर्मचारी पुगेर मतदान केन्द्र व्यवस्थापनको काम सुरु गरिसकेको उनले बताए । जिल्लामा कायम भएका मतदान केन्द्रहरूमध्ये ३७ अति संवेदनशील, ७० संवेदनशील र २२ सामान्य रहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

अतिसंवेदनशील मानिएका सबै मतदान केन्द्रमा अन्य ठाउँमा भन्दा धेरै जनशक्ति परिचालन गरिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले जानकारी दिए । भौगोलिक विकटता, सञ्चार समस्या, अस्वस्थ राजनितिक प्रतिस्पर्धा, सडकको पहुँचभन्दा बाहिर रहेका ठाउँलाई अतिसंवेदनशीलको सूचिमा राखिएको उनले बताए । जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको कायम भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ५ जना र प्रदेश सभा सदस्यका लागि ११ जना चुनावी स्पर्धामा छन् अछाममा १ लाख ३६ हजार ९०३ मतदाता रहेका छन् ।

मतदान तयारी गदै अधिकृतहरू

पाल्पा÷रास– २१ मंसिरको निर्वाचनका लागि खटिएका पाल्पाका मतदान अधिकृतहरूले निर्वाचन तयारी थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान केन्द्र पुगेलगत्तै सर्वदलीय बैठक बसालेर काम अगाडि बढाएका हुन् । २२६ मतदान केन्द्रका मतदान अधिकृतहरू बैठकबाट आपसी सहमति कायम गरी विभिन्न मुचुल्काहरू टा“स गरेका छन् । मतदान केन्द्र नजिक मदिरा बिक्री वितरण र सेवनमा रोक, मतदानस्थल वरिपरि होल्लाह गर्ने र समुहमा भेला हुन नपाईने, राजनीतिक दलले निर्वाचन प्रचार प्रसार गर्न नपाइने र हातहतियार लिएर हिड्न नपाइने जस्ता मुचुल्का टा“स गरिएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि जिल्लमा मतदान अधिकृतसहित १ हजार ८४६ कर्मचारी, १ हजार ४३ म्यादी प्रहरी, करिब ७ सय नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको छ ।

परिचय पत्र वितरण

मतदान केन्द्र पुगेको मतदान अधिकृत सहितको टोलीले सबै मतदान केन्द्रबाट परिचय पत्र वितरण गरेका छन् । स्थानीय तह निर्वाचनमा बॉकी २० हजार र पछि संकलन नयॉ थप १९ हजार मतदाता परिचय पत्र वितरणलाई मतदान केन्द्रहरूमा पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य २ र प्रदेश सभा सदस्यका लागि ४ क्षेत्र रहेको पाल्पामा एक तेस्रो लिङ्गी सहित १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेका छन् ।

महिला मैत्री मतदान केन्द्र

पाल्पाका चारवटा मतदान केन्द्रलाई महिला मैत्री घोषणा गरेर सबै कर्मचारीहरू महिला खटाइएको छ । निर्वाचन क्षेत्र १ मा अन्र्तगत शारदा मावि मदनपोखरा (क) र (ख) र क्षेत्र नं. २ को मोहनकन्या माविका (क) र (ख) मतदान केन्द्रलाई महिला मैत्री बनाइएको हो । शारदा माविमा (क) सुजता खत्री, (ख) लक्ष्मी कुव‘र र मोहन कन्या मावि (क) संगिता रेग्मी र (ख) मा एकता बराल मतदान अधिकृत सहित महिला कर्मचारीहरू खटाइएका छन् । स्थानीय तहको निर्वाचनमा पनि रेग्मीको मतदान केन्द्र तानसेन नगरपालिका भवन (क) लाई महिला मैत्री बनाइएको थियो ।

सर्लाहीमा निर्वाचन तयारी तीब्र

सर्लाही / रास– आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागी सर्लाहीमा तयारी तीब्र बनेको छ । जिल्लामा कायम सम्पुर्ण मतदान केन्द्र तथा स्थलहरूमा मतदान कर्मचारी पुगिसकेका छन् । मतदान केन्द्रहरूमा कर्मचारी प्ुगेसँगै मतदानका लागि आवश्यक ६४ प्रकारको सामग्री पठाइसकेको जिल्ला निर्वाचन कार्यलयका अधिकारी दिवाकर भुजेलले बताए । कर्मचारी पुगेका मतदान स्थलमा मंगलार बिहानदेखि मतदाता परिचय पत्र वितरण भएको छ ।

बिहिवार हुने निर्वाचनका लागि सर्लाहीमा मतदान सामाग्री ढुवानीको काम तीव्र पारिएको मूख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले जानकारी दिए । जिल्लाको टाढा र विकट भेगमा पर्ने केही मतदान केन्द्रहरूमा मंगलबार पनि सामग्री ढुवानी जारी छ ।

अघिल्लो निर्वाचनमा जस्तो कमी कमजोरी हुन नदिन सुरक्षाकर्मीकै साथ लगाएर सामग्री जिम्मा लगाइएकोे मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए । उनका अनुसार मतदान केन्द्रमा पुगेका कर्मचारीले मंगलबार र बुधवार दुई दिन मतदाता परिचय पत्र वितरण गर्नेछन् । निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्यगरि करिव ४ हजार कर्मचारी खटाईएको छ । ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ३ सय १८ मतदान स्थल तथा ५ सय १६ मतदान केन्द्र रहेका छन् । सर्लाहीमा एक लाख ७६ हजार महिला, २ लाख ९ हजार ५ सय ७३ पुरुष तथा ८ जना तेस्रो लिङ्गी मतदाता रहेको तथांक छ । जिल्लामा तीन लाख ८५ हजार ५ सय ८१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका अधिकारी भुजेलले बताए ।

१२ सदस्य चयनका लागि यस निर्वाचनमा २ सय १४ जना उम्मेदवार चुनावी मैदानमा स्पर्धामा रहेका छन् भने १६ वटा दल सकभागी छन् । आगामी निर्वाचनमा ४ हजार कर्मचारी, १० हजार सुरक्षाकर्मी परिचालन हुने जिल्ला निर्वाचन कार्यालयउले जनाएको छ । शान्तिपूणर्् वातावरणमा निर्वाचन सम्पन्न गर्नका लाग नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेना परिचालन गरिनृ भएको छ ।