अनेसास नवोदितको ७६ औं डबली सम्पन्न

दीलिप पराजुली, दोहा

लामो समय देखी नेपाली साहित्यको क्षेत्रमा सहयोग पुर्याउदै आएका संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो डबलीको ७६ औं सृंखला भब्य रुपमा सम्पन्न गरेका छन । हरेक महिनाको दोश्रो शुक्रबार हुने डबली दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ ।


कार्यक्रम मैथिली साहित्यका धरोहर महाकवि बिध्यापतिको ५६९औ स्मृति समारोह बिशेष परेकोले कार्यक्रमको माहोल झन् तातिएको थियो ्र कार्यक्रममा दुई दर्जन भन्दा बढी सर्जकहरुले आ आफ्ना सृजना पस्केका थिए । कार्यक्रमको बिशिस्ट श्रोताका रुपमा सतिश कुमार यादब रहेका थिए भने कार्यक्रमलाई बिन्देश्वर ठाकुरले संचालन गरेका थिए । हरेक सर्जकको गजल तथा कवितामा देशप्रेम, घरदेशको चुनावी माहोल र प्रदेशको पीडा भेटिएका थिए ्र
करिब दुई घण्टा भएको डबलीमा नेपाली चलचित्र तथा इन्फा अध्यक्ष दिपक श्रेष्ठको समेत उपस्थित रहेको थियो । कार्यक्रमको अन्त्यमा बिशिस्ट श्रोता यादबले कार्यक्रम भाषा र साहित्यलाई प्रवासमा रहेर पनि जोड दिन सकिने रैछ भन्ने उदाहरण डबलीबाट सिक्नु पर्ने बताए ्र लामो समय देखी चलेको डबलीले निरन्तरता पाइरहोस भन्दै कार्यक्रमको समापन गरेका थिए ्र