अध्यक्ष ओली मेडिसिटी अस्पतालमा

मेडिसिटी अस्पतालको अवलोक गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः सत्यन श्रेष्ठ

राजधानी समाचारदाता  / काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको सैंबु भैंसेपाटीस्थित सुविधा सम्पन्न तथा अत्याधुनिक मेडिसिटी अस्पतालका विभिन्न कक्ष अवलोकन गरेका छन् । केही महिना अघिदेखि मात्रै सञ्चालनमा आएको मेडिसिटी अस्पतालले छोटो समयमा नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको अध्यक्ष ओलीले प्रशंसा गर्दै आइतबार सो अस्पतालको उनले अवलोकन गरेका हुन् ।

अध्यक्ष ओलीलाई अस्पतालले उपलब्ध गराएका उपचार सेवा सुविधाका बारेमा अस्पतालका संस्थापक एवं गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले जानकारी गराएका थिए ।