दैलेखमा २ दल बाहेक अन्यदलको जमानत जफत

कमल शर्मा  / राजधानी
दैलेख २८ मंसिर

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा दैलेखका वाम गठबन्धन र नेपाली काग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धन बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । गठबन्धन र कांग्रेसबाहेक सबै उम्मेदवारले प्रतिनिधि सभामा १० हजार र प्रदेश सभामा ५ हजार रुपैयाँका दरले जमानत बुझाएका थिए । कुल खसेको मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको ९० दिन भित्र फिर्ता लिनुपर्ने ब्यबस्था निर्वाचन आयोगले मिलाएको छ । दैलेखमा प्रतिनिधि सभाका लागि २ निर्वाचन क्षेत्रमा १५ जनाले उम्मेदवारी दिएका थिए । प्रदेश सभाको ४ निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी परेको थियो । दैलेखमा प्रतिनिधि तथा प्रदेश सभामा १७ दलका १ सय १ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा ४५ हजार ४ सय ९६ मत खसेकोमा ४२ हजार ८ सय ३० मत सदर भएको थियो । ७० हजार १ सय ९० मतदाता रहेको दैलेख क्षेत्र नम्बर १ मा १ स्वतन्त्रसहित ७ पार्टिका उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । क्षेत्र नम्बर १को प्रदेश सभा तर्फको (क) मा २० हजार ५ सय ९१ मत खसेकोमा १९ हजार ७ सय ६७ मत सदर भएको थियो । उत्तः क्षेत्रमा ५ दलले मात्र प्रतिष्पर्धाम थिए । तेस्रोे स्थान पाएको नेपाल मज्दुर किसान पार्टिका जगत बहादुर वलीले ३ सय ६८ मत पाएका थिए । प्रदेश सभा २ मा २४ हजार ७ सय ३३ मत खसेकोमा २३ हजार ६ सय ६४ मत सदर भएको थियो ३८ हजार ३ सय ५५ मतदाता रहेको त्यस निर्वाचन क्षेत्रमा ६ वटा पािर्टका उम्मेदवारले प्रतिष्पर्धा गरेका थिए ।

१ सय २३ सय मत पाएका राष्ट्रिय जनमोर्चाका सुरत बहादुर रावत तेस्रो स्थान पाएका थिए । प्रतिनिधि सभातर्फ दैलेख क्षेत्र नम्बर २ मा ४६ हजार ७ सय ९७ मत खसेको क्षेत्रमा ४४ हजार ९९ मत सदर भएको थियो । ६९ हजार ७ सय ५४ मतदाता रहेको उक्त क्षेत्रमा ७ दलले प्रतिष्पर्धा गरेका थिए । २ हजार ६ सय ४७ मत पाएका नेपाल मज्दुर किसान पार्टिका जग्य बहादुर शाही तेस्रो स्थान भपाएका छन । निर्वाचन क्षेत्र नः २ को (क)मा २२ हजार ६ सय २२ मत खसेकोमा १८ हजार ५ सय५१ मत सदर भएको थियो । उत्तः क्षेत्रमा ६ दलले मात्र प्रतिष्पर्धाम थिए । प्रदेश सभा २ मा २४हजार २ सय ४५ खसेकोमा २२ हजार ८ सय ७२ मत सदर भएको थियो ।
दैलेखमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नेपाल, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, देश भक्त जनगणतान्त्रीक मोर्चा नेपाल , नोपल मज्दुर किसान पार्टिले चुनावी प्रतिष्पर्धा गरेका थिए ।