जनशक्तिका लागि आफ्नै एकेडेमी

जनशक्तिका लागि आफ्नै एकेडेमी

 

 

एचआर व्यवस्थापन कुनै पनि संथाका लागि निकै महŒवपूर्ण हुन्छ । संस्थाको सफलता र असफलतामा यसले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । एचआरलाई प्रभावकारी बनाउन एनआईसी एसिया बैंक अहिले एउटा नयाँ अवधारणाका साथ अगाडि बढेको छ । यसका लागि आफैंले एचआर टे«निङ सञ्चालन गर्ने योजना बुनेको एनआईसी एसिया बैंक एचआरडी शाखा प्रमुख गौतम डंगोलले बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि आफ्नै एकेडेमी सञ्चालनमा ल्याउने बताएका छन् । बैंकले आफ्नै एकेडेमी एसिया लर्निङ इन्स्टिच्युट सञ्चालनमा ल्याएर दक्ष जनशक्ति उत्पादन गर्ने बताएका हुन् । विगत लामो सयमदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका उनै डंगोलसँग राजधानी दैनिकका लागि शिव दुवाडी र प्रेमबहादुर चन्दले गरेको कुराकानीको सम्पादित अंश : 


गौतम डंगोल
प्रमुख, एचआरडी
एनआईसी एसिया बैंक

तपाईं एचआर प्रमुख हुनुहुन्छ, बैंकिङ क्षेत्रमा एचआरको भूमिका कस्तो रहन्छ ?

पहिला पहिला पुरानो बैंकिङ प्रणालीमा चाहिँ बैंकका नाफाका कुराहरु, नोक्सानका कुराहरु, त्यसैगरी डिपोजिटका कुराहरुलाई धेरै महŒवका साथ गरिन्थ्यो । आजका दिनमा चाहिँ यी सबैभन्दा महŒवपूर्ण एचआर नै हो । किन कि अब त्यो नाफा, त्यस्तै बैंकिङ व्यापारका कुरा र डिपोजिटका हरेक कुरा जे पनि हुन्छन्, ती सबै एचआर सफल भएपछि मात्रै आउँछन् । त्यसैकारण सबैभन्दा पहिला एचआर सफल हुनुप¥यो । एचआर क्षमतावान हुनुप¥यो । एचआरका मान्छेहरु खुसी हुनु प¥यो र एकदम शक्तिशाली तथा मोटिभेट भएको हुनुप¥यो । र त्यो मान्छेले चाहिँ बैंकका सेवा वितरण र बैंकका एचिभमेन्टहरु गर्ने हुनुप¥यो र यी काम सबै एचआरबाटै हुने भएकाले एउटा सबैभन्दा महŒवपूर्ण सेक्टर चाहिँ अहिले एचआर सेक्टर हो, अहिलेको आवस्थामा । त्यही भएर सबै बैंकहरुले आजको दिनमा एचआरलाई धेरै महŒव दिएको हो र पहिलाभन्दा बढी महŒव दिन थालेका छन् ।

अरू बैंकमा भन्दा एनआईसी एसिया बैंकले यो विषयलाई बढी महŒव दिएको हो ?

अवश्य पनि हो । अब अरू बैंकहरुले कसरी कतिको महŒव दिएका छन्, वा कसरी महŒव दिन्छन् त्यो म अरू बैंकहरुतिर जान चाहन्न । हाम्रो सन्दर्भमा चाहिँ हाम्रा लागि मूल बिन्दु एचआर नै हो । हाम्रो बैंकको मुख्य उद्देश्य प्राप्त गर्नका लागि १ नम्बरको बिन्दु नै एचआर हो । हामी के विश्वास गर्छौं भने हाम्रो जुन अहिले २ हजार कर्मचारीहरु छन् । यो कमर्सियल बैंकहरुमा हामीसँग सबैभन्दा ठूलो संख्यामा कर्मचारीहरु छन् । यो २ हजार कर्मचारीहरु नै हाम्रो मूल बिन्दु हुन् । त्यस हिसाबले उनीहरु खुसी हुनुप¥यो । उनीहरु स्किलफुल हुनुप¥यो । उनीहरु मोटिभेटिभ हुनुप¥यो । त्यो हुन सकेमा मात्रै हामी आफ्नो उद्देश्य प्राप्ति गर्न सक्छौं भन्ने हामी विश्वास गर्छौं । त्यही भएर सबैभन्दा बढी केन्द्रित चाहिँ हाम्रो एचआरमा रहेको छ ।

तपाईंहरुले यो एचआर व्यवस्थापन प्रक्रिया कस्तो छ ?

अब अहिले हामी मान्छेहरु हायरिङ गर्दै छौं । हाम्रो देशभरि नै विस्तार छ । अरू बैंकको तुलनामा हामी अहिले देशको हरेक कुनामा पुग्ने प्रयासमा छौं । यस वर्षमा हामी २ सय ५० तथा ३ सयको हाराहारीमा शाखा पु¥याउने टार्गेटमा छौं । यसो हेर्दाखेरी अहिले हामी नपुगेको ठाउँ छैन । जस्तै मुगुमा छौं, हुम्लामा छौं, जुम्लामा छौं । कालिकोटलगायतका सबैतिर टार्गेटमा छौं । बाजुरामा हामी भर्खरै गएका छौं । दार्चुलादेखि लिएर उता पूर्वमा ताप्लेजुङसम्म पुगेका छौं । पहाडदेखि तराई कहीँ पनि नछुट्ने गरी हामी सबैतिर जान खोजिरहेका छौं । त्यसैले यसका लागि सबैभन्दा मूल बिन्दु नै एचआर हो र अब यसमा चाहिँ यति धेरै मेसेज विस्तारमा हामी मात्रै गरिराखेका छैनौं कि अरू बैंकहरुले पनि गरिराखेका छन् । यस्तो आवस्थामा अब कहाँबाट जनशक्ति ल्याउने भन्ने कुरा छ, त्यसैले अब अरू बैंकबाट तान्ने काम त अवश्य हुन्छ नै । र हाम्रोबाट अरूले लैजाने पनि भई नै हाल्छ । तर हामी अर्काे सन्दर्भमा दक्ष जनशक्ति उत्पादन गर्न आफ्नै एकेडेमी सञ्चालन गर्दै छौं । र हामी अहिले त्यसको सहमतिको अवधारणामा जाँदै छौं । जस्तो सहमति बनाएर डमी ब्रान्चहरु बनाएर त्यही राखेर एक्सिटेन्सन ट्रेनिङ दिने । नयाँ मान्छे हायर गरेर डमी नोटहरु बनाउने, डमी ब्रान्चहरु खोल्नेलगायतका काम सिकेर चाहिँ तिनीहरुलाई तयार गरेर ल्याएर ती मान्छेलाई चाहिँ बैंकमा डाइरेक्ट स्थान दिन्छौं । ता कि उनीहरुले एकै दिनमा आएर नै कसैले सिकाउनुनपर्ने ठ्याक्क काम हुन सक्ने त्यो एग्रीमेन्टको अवधारणामा हामी गइरहेका छौं । त्यसरी चाहिँ मान्छे हायरिङको केसमा त्यो गर्दै छौं र अर्को भित्रैको मान्छेलाई अटेन्ड गर्नका लागि हामी अहिले हरेक सुविधाहरु इन्डस्टिवाइज गर्दै जाने पक्षमा छौं । त्यसपछि अरू सुविधाहरु जे जति सकिन्छ, त्यो थप्दै जानेछौं । त्यसपछि कर्मचारीहरु मोटिभेसनका लागि हामी राम्रो काम ग¥यौं । हामीकहाँ अहिले स्टाफ अफ द क्वार्टर रहेको छ । प्रत्येक क्वार्टरमा जस्तै सर्विसमा, त्यसपछि बिजनेसमा, त्यसपछि अर्को यो एड्मिन लेटरमा यो तीनवटै क्षेत्रमा कन्ट्रोल फङ्सनमा चाहिँ सबैभन्दा राम्रो प्रदर्शन गर्ने स्टाफलाई चाहिँ बेस्ट स्टाफ अफ द क्वार्टर भनेर हामी अवार्ड गर्छौं । मोटिभेसनका लागि त्यस्तै डिपार्टहरुम पनि बेस्ट डिपार्ट अफ द इयर भनेर रिअवार्ड गर्छौं । यी अवार्डहरुले एकातिर मोटिभेट गरेको हुन्छ र साथसाथै अहिले एचआरमा चाहिँ हामी चाहिँ व्यक्तिगत एउटा स्टाफलाई चाहिँ के समस्या छ, भनेर बुझ्नका लागि हाम्रो एउटा छुट्टै ग्रिन्सियल छ, हाम्रो । हरेकको गुनासाहरु सुन्ने, किन कि हरेकको आफ्नो आफ्नो प्रकृति हुन्छ । त्यो सुनेर उनीहरुको समस्या सम्बोध गर्ने, उनीहरुका धेरै कुरालाई सल्टाउने, त्यसरी स्टाफलाई सेन्सिटिभली लिएर चाहिँ हामी अगाडि बढ्दै छौं ।

बैंकिङ सेक्टरमा यति धेरै प्रतिस्पर्धा छ, तपाईंहरुले यो एचआरको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

प्रतिस्पर्धा एकदमै रहेको छ । आजको दिनमा एनआईसी एसियाबाट ग्रुम भएका स्टाफहरु चाहिँ मार्केटमा धेरै इमानदारिका हिसाबले किन कि, उनीहरुको जुन प्रदर्शनको स्तर हुन्छ, हामीकहाँ जुन हिसाबले काम गरिरहेको हुन्छ, मलाई जहाँसम्म लाग्छ, हाम्रोमा काम गरिसकेको मान्छेलाई अरूतिर काम गर्न एकदमै सजिलो लाग्छ, होला । यहाँ जुन हिसाबले हामीकहाँ एकदमै सिकेर गएका हुन्छन्, यहाँका स्टाफहरु त्यसैगरी अब प्रतिस्पर्धाको सन्दर्भमा हामीकहाँ विभिन्न ट्रेनिङहरु हुन्छन्, सबैलाई कामको प्रकृतिअनुसार ट्रेनिङहरु दिइरहेका हुन्छौं । त्यसपछि अन्त कामको ट्रेनिङमा राख्छौं । त्यसपछि काम सिकाउनेहरु पनि हुन्छन् नै । प्रतिस्पर्धाले गर्दा एक त हामी हाम्रै स्टाफहरु अरू बैंकका लागि एउटा आकर्षणको नै हुन्छन् । त्यसले गर्दा यताबाट स्टाफ तान्ने काम त भइरहेको हुन्छ नै । उहाँहरुको पनि विस्तार, हाम्रो पनि विस्तारले गर्दा स्टाफ तान्ने चाहिँ भइरहेकै हुन्छ । तर त्यसलाई चाहिँ हामीले स्टाफ तान्यौं ल अब हाम्रो स्टाफ भयो भन्ने भन्दा पनि हामीले कसरी अटेन्ड गर्छौं भन्ने कुरामा हामी बढी केन्द्रित छौं । कसरी चाहिँ स्टाफलाई हाम्रैमा बसोस र लामो समयसम्म सर्भिस गरोस् भन्ने कुरामा हामी केन्द्रित छौं र समग्रमा हेर्दाखेरि त्यो गएको कुरामा चाहिँ हामी यति धेरै चिन्तित छौं भन्दा पनि त्यसलाई रिप्लेसमेन्ट कसरी गर्छौं र ग्रुम कसरी गर्छौं, एकातिर अटेन्सनको कुरा अर्कोतिर अरू स्टाफलाई कसरी ग्रुम गर्छौं, त्यहीमा नै केन्द्रित छौं अहिले चाहिँ ।

यहाँहरुले मात्रै २ सय ५० देखि ३ सय शाखा पु¥यायौं भन्नुभयो, सबै बैंकमा यस्तै छ, तपाईंहरुले चाहेको जस्तो ह्युमन रिसोर्स पाउनुहुन्छ त ?

यो समस्या छ, अहिले मार्केटमा । अवश्य पनि आजको दिनमा यो २ सय ५० देखि ३ सय पु¥याउनुलाई हामीले हाम्रै रिसोर्सबाट पु¥याउने त कुरै भएन । अब अरू बैंकबाट पनि तान्नैपर्ने अवस्था रहेको छ । साथसाथै हामीले अहिले त्योभन्दा पनि ३ सय जना टीएहरु हायर गरेका छौं । ३ सय जना इन्टर लेबलको स्टाफलाई हायर गरेका छौं र तिनीहरुलाई हामी एक्सटेन्सिभ ट्रेनिङ दिएर हाम्रै उत्पादनका रूपमा हाम्रै डीएनए कल्चरहरु बुझाएर एनआईसीको उत्पादनका रूपमा तिनीहरुलाई ग्रुम गर्दै छौं । तल्लो स्तरमा सबै हामीले नै ग्रुम गरेका स्टाफहरु हुन्छन् । त्यसका लागि हामीसँग कसरी क्याट्रल गर्नुपर्ने भन्नुको लागि एकेडेमिक अवधारणामा हामी जाने एग्रीमेन्टमा छौं । त्यहीं ट्रेनिङ गराएर उनीहरुलाई पर्फेक्ट बनाएर ल्याउनेछौं ।

नाफा, बैंकिº व्यापार र डिपोजिटका कुरा एचआरभित्रै पर्छ

३ सयको हाराहारीमा शाखा पु¥याउने लक्ष्य छ

दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमिक अवधारणामा जाने तयारी

एसियन एकेडेमी सञ्चालनमा ल्याएर २५ जना सीए हायर गरिने

इन्ट्रेस्ट भएको मान्छेलाई बैंकमा ल्याएमा बढी फलदायी हुन्छ

यो एक बैंकको स्टाफ अर्कोले तान्ने, अर्कोको अर्कोले तान्ने, यो गर्दा खेरी सिङ्गो बैंकिङ सेक्टरमा नै अलिकति समस्या आउँदैन ?

यसमा एउटा समस्या चाहिँ यस्तो छ, प्री म्याचुयर उत्पादनको समस्या चाहिँ जरुर हुन्छ र भइरहेको पनि हुन्छ । एकातिर भर्खर अफिसर भएको हुन्छ, दुई÷तीन महिना मात्रै अफिसर भएको भइरहन्छ, भने अर्कोले त्यसलाई त्यो भन्दा माथिल्लो स्तर दिने गर्छ । यसरी बिना ज्ञानको परिपक्वता हुन्छ, यो एउटा रिस्क हो । हाम्रो सन्दर्भमा चाहिँ हामीकहाँ जस्तो इन्टरनल प्रमोसनमा एउटा स्टाफलाई अर्को पदमा बढुवा हुनलाई कति वर्ष कुर्नुपर्ने हो, केके कुरामा चाहिँ ऊ दक्ष हुनुपर्ने हो, यी कुरा हेरेर मात्रै बढुवा गरिन्छ । त्यसरी नै हामी चाहिँ अरूबाट लिँदा पनि यति वर्षसम्म कम्तिमा डेढ वर्ष पुगेकै हुनुप¥यो । त्यसपछि उसको ज्ञानको क्षमता छामेर त्यो सबै कुरामा विज्ञ छ भने मात्रै हामी हायरिङ गर्दै छौं । र समग्रमा अब यति समयसीमा मिलाएर यति वर्षका लागि हायरिङ तान्छ र हामीले पनि तान्नुप¥यो भने समग्रमा हेर्दा चाहिँ इन्डस्ट्रिमा स्टाफहरुको उत्पादनमा समस्या पार्छ जस्तो लाग्छ, मलाई जस्तै हामीले बुझ्ने कुरा के हो भने सबै मान्छे एउटा न एउटा कुरामा दक्ष हुन्छ नै । एउटा मान्छे एकातिर असफल होला । तर अर्कोतिर उसले एकदम सफलता पाउन सक्छ । अब एचआरले कसरी चलाउँछ, कसरी डिल गर्छ भन्ने कुरा महŒवपूर्ण हुन्छ । जसरी अब एकातिर असफल भयो भने यो मान्छे अब असफल नै भयो भनेर फाल्ने हो कि अथवा अन्त लगेर जाँच गर्ने र अन्त गएर सफल हुन्छ भन्ने हो कि ? त्यहाँ सफल भयो भने त्यहाँ ग्रुम गर्नुपर्छ । हामी चाहिँ त्यसरी जाने भएकाले अब समग्रमा हामीले के बुझ्छौं भने एउटा डिपार्टमा प्रदर्शन गर्न नसकेर तीन चार वर्ष हल्लिएर प्रमोसन नगरेर समस्या भयो भन्ने मान्छेहरु अर्को बैंकमा गएर उसले प्रमोसन पाउँछ र त्यहाँ उसले प्रदर्शन राम्रो गर्न सक्यो भने ऊ राम्रो हुन्छ ।यसरी समग्र यो बैंकिङ क्षेत्रको ह्युमन रिसोर्स मार्केटलाई हेर्दा चाहिँ सबैले अवसर पाउँछन् । त्यसैले यसलाई चाहिँ हामी सकारात्मक रूपमा पनि लिन्छौं ।

यसरी अलिकति अस्वस्थ प्रतिस्पर्धा हुँदैन र ?

अस्वस्थभन्दा पनि अब समग्रमा हामीले के हेर्छौं भने अघि मैले भनें, हाम्रो बैंकमा बढुवा हुनका लागि जति समय चाहिन्छ, के के दक्षता हुनुपर्ने, कस्तो क्षमता हुनुपर्ने, त्यो हेरेर मात्र हामीले अरूबाट हायरिङ गरेको हुनाले यसलाई अस्वस्थ चाहिँ नहोला जस्तो लाग्छ, मलाई र बरु बैंकहरुले पनि यही गरोस् भन्ने मेरो चाहना पनि छ । अरूले नि यसरी नै बढुवा हुनलाई उनीहरुको दुई वर्ष चाहिने हो भने बाहिरबाट आउने मान्छेलाई पनि कम्तीमा दुई वर्ष पूरा गरेको साथै उनीहरुले जेजे स्किलहरु खोजेको हो, ती स्किलहरू भएको मान्छे मात्रै लिइदिनुभयो भने त जसरी हामीले लिइरहेका छौं अहिले त्यसरी हायरिङ भयो भने त अस्वस्थ अवस्था नहोला ।

नयाँ फ्रेस कर्मचारी उत्पादन गर्नका लागि संस्थाभित्र त गर्न पाइयो, त्यो छँदै छ । तर संस्थाबाहिर पनि कतै त्यो व्यवस्था छ कि नेपालमा ?

नेपालमा अहिलेसम्म त छैन । भारतमा चाहिँ मुम्बई र बैङलोरमा छ । हामी अस्ती भारतमा बैंकिङ क्षेत्रमा कर्मचारी हायरिङहरु कस्तो छ, नयाँ उत्पादन कस्तो छ भनेर त्यहाँ त्यो सिस्टम नभएर जस्तै आईसीआइसीआई बैंकलगायतको चाहिँ छुट्टै एकेडेमी रहेछ । त्यस्तै, अन्य बैंकको पनि कलेजजस्तै रहेछ, बैंकिङभित्रै पनि । तर नेपालमा छैन । त्यहाँ उनीहरुले मान्छेहरु भर्ना गर्छन् । कलेज भर्ना भए जस्तै भर्ना हुन्छन् र उनीहरु कम्तीमा एक वर्ष, दुई वर्ष, तीन वर्षको कोर्स नै गराउँछन् । ती मान्छेलाई त्यही राख्छन् । होस्टलमै बस्नु पर्छ घर जान नि पाइँदैन । बैङ्लोरमा बसेर, मुम्बईमा नै बसेर गुर्नप¥यो । उनीहरुलाई सिकाउने पनि कस्तो भने नि, जस्तै उनीहरुको डमी बैंक नै हुन्छ ।
उनीहरुको एकेडेमीभित्रै बैंकका ब्रान्चहरु बनाइदिएको छ । र बोर्ड पनि राखेको छ, साँच्चिकै हो जस्तो लाग्ने । र फिनाकल स्फ्टवेयरहरु पनि उनीहरुलाई हरेक दिन सिकाउँछ । आईसीआइसीले ती इन्सिच्युटलाई पैसा तिर्दो रहेछ । उनीहरुकोमा जे छ, जस्तो काम उनीहरुकोमा गर्नु पर्ने हो, त्यो एक वर्ष दुई वर्षसम्म त्यही सिक्छ उसले । त्यो रमाइलो पनि छ, कस्तो भनेपछि एक जना विद्योर्थीले कस्टुमरजस्तो भएर एक्टिङ गर्दो रहेछ, साँच्चीकै लोनको जस्तो डिलहरु उसले गर्दो रहेछ, । त्यहाँबाट निस्क्ने बेला उनीहरु पूर्ण रूपले म्यानेजर भएर निकस्ने रहेछन् । हाम्रोमा त्यो छैन । र हामी त्यही गराउनका लागि हामीले पनि एउटा अवधारणा बनाएका छौं । समग्रमा दुई वर्षको तीन वर्षको कोर्समा हामी अहिले जान नसके पनि बाहिरको इस्टिच्युटले गर्ला भन्ने आशा पनि पाल्नु भएन । त्यो आशावादी भएर बस्नुभन्दा हामी भित्रैकाले भित्रै एउटा इन्सिटच्युट बनाएर यसलाई हामीले एकेडेमिक अवधारणामा लैजाने योजनामा छौं । त्यसका लागि अहिले हाम्रो धापासीमा जग्गा छ । त्यहाँ चाहिँ हामीले एउटा एग्रीमेन्ट बनाएर एनआईसी एसिया लर्निङ एस्टिच्ुट बनाएर चाहिँ पहिलो चरणमा २५ जना टीएहरु फ्रेसरहरु हायर गर्दै छौं । ती टीएहरुलाई तीन महिनासम्म त्यहाँ लगेर सिकाउनेछौं । जसले दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने हाम्रो आशा छ । यसमा कम्तीमा फ्रन्ट डेस्कमा बस्ने मान्छे त्यहाँबाट हामी ग्रुम गर्दै छौं । ता कि उसलाई हामीले पहिलो दिन ल्याउना साथ उसलाई कसैले काम केही सिकाउनु नपरोस् । आउनासाथ उसले क्यास गनेर पैसा तिर्न सक्ने होस् । त्यो अवधारणामा जाँदै छौं, हामी ।

अन्य पनि धेरै बैंकिङ संस्थाहरु छन्, तीभन्दा एनआईसी एसिया बैंकमा के भिन्नता छ ?

एकदमै राम्रो प्रश्न । म पनि अहिले यता आएको एक वर्ष मात्रै भएको छ । यो मैले काम गर्न लागेको चौथो बैंक हो । मैले फरक देखेको चाहिँ यहाँ एउटा एग्रिसन छ । एउटा केही गरूँ भन्ने सपना छ । एउटा रेस जित्ने सपना यो बैंकमा छ । हामी यहाँ जहिले पनि सिकाउँछौं भने हाम्रो यहाँ इच्छाले गर्दैनौं हामी सपना देख्छौं । इच्छा भनेको कोसिस गर्ने भएन भने छोडेर जाने हुन्छ । तर सपना भनेको त ‘गर वा मर’को आधारमा पूरा गर्नुपर्ने हुन्छ । यो किसिमको एग्रिसन छ यहाँ । निश्चित एउटा उद्देश्य लिएर बैंक अगाडि बढ्दै छ । आगामी २०२० सम्म हामी कहाँ पुग्ने भन्ने एउटा निश्चित उद्देश्य यो बैंकसँग रहेको छ । ती उद्देश्यबाट गाइडेड भएर सबै जना चलिरहेका छौं । यो बैंकमा काम गर्ने एउटा छुट्टै स्पिड छ । मैले काम गरेका अन्य बैंकहरुको तुलनामा यहाँ स्पिड छ काम गर्ने भन्ने मैले अनुभूति गरेको छु । सिक्न र आफूलाई ग्रुम गर्नका लागि ठूलो अवसर छ, यहाँ ।

एउटा ‘आई भर्सेस ई’ फ्याक्टर भनेको पनि सुनिन्छ, त्यो भनेको के हो ?

आई भनेको इन्टेरेस्ट र ई भनेको इक्सपिरियन्स हो । हिजोका दिनमा ई फ्याक्टर बढी भारीको भएको थियो । इक्सपिरियन्स भएको मान्छेलाई धेरै प्राथमकिता दिइन्थ्यो । आज हामी आई फ्याक्टर उच्च भएर आए जस्तो मलाई अनुभूति भएको छ । इक्सपिरियन्स भए मात्रै भएन । एउटा टिम मिलेर नै काम गरेर त्यसमा ट्यालेन्टेड मान्छेहरु ल्यायौं भने त्यो राम्रो हुन्छ । तर त्यो ट्यालेन्ट मान्छेले आफ्नो ट्यालेन्टपना देखाएन भने त्यो उसको इक्सपिरियन्स र ट्यालेन्टले काम गर्दैन । त्यही भएर इन्ट्रेस्ट भएको मान्छेलाई हामीले ल्यायौं भने त्यो बढी फलदायी हुन्छ जस्तो मलाई लागेको छ । र राम्रा मान्छे एकबाट अर्को, अर्कोबाट अर्कोमा तान्ने कामलाई स्वाभाविक रूपमा लिनुपर्छ जस्तो लाग्छ मलाई । यसले सन्तुलना पनि कायम गर्छ ।

समग्रमा हेर्दाखेरि एनआईसी एसिया बैंकलाई कसरी हेर्ने ?

एनआइसी एसियालाई बाहिरबाट जसरी हेरिँदै आएको छ, त्यसरी नै हेर्न । मेरो यो एक वर्षको अवधिमा यहाँ मैले एकदमै युवाहरुले चलाएको जस्तो महसुस गरेको छ । एकदमै एग्रेसिब बैंकका रूपमा हेर्न चाहन्छु र सबैले त्यसरी नै हेर्नुपर्छ भन्ने मेरो धारणा हो ।

अन्त्यमा तपाईंहरुको यो एचआर सेक्टरको भविष्यको योजना के छ ? हाम्रो भाविष्यको योजना भनेको एकेडेमी नै हो । मुख्य योजना नै एकेडेमी हो । साथै हाम्रो बिजनेसमा पनि एकदमै केन्द्रित हुने छौं । र डिपोजिट म्यानेज गर्नमा पनि जान्छौं ।