तरुण दलका अध्यक्षका छोरामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रुपन्देही, १६ पुस । बुटवलको रामनगरमा नेपाल तरुण दलमा आबद्ध एक युवकमाथि खुकुरी प्रहार भएको छ । बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरामाथि खुकुरी प्रहार भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।