बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु, एक घाइते

प्युठान । ऐरावती गाउँपालिका–५ झिवाङमा लु.१ख ४१३८ नम्बरको बसले लु.३६प ३३२७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिंदा मोटरसाइकलमा सवार स्वर्गद्धारी नगरपालिका–३ बस्ने ४२ बर्षीया डिल्ली ठकुरी र ६ बर्षीय अनमोल ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा अनमोलको घटनास्थलमै र डिल्लीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने ३८ बर्षीय गिरु प्रसाद भुषाल समेत घाइते भएकोले उपचारको लागी जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।