संखुवासभाको मतपत्र काठमाण्डौ लगियो

भबिन कार्की / संखुवासभा
पुस १६

संखुवासभा जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै मतपत्र काठमाण्डौ लगिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार आज निर्वाचन आयोगले हेलिकप्टर मार्फत सङ्खुवासभाको मतपत्र काठमाण्डौ लगेको छ । नेपाली कांग्रेसका प्रतिनिधसभा उम्मेदवार दिपक खड्काले प्रतिनिधिसभा तर्फको पनुः मतगणनाको माग गदै सर्वोच्चमा रिट दायर गरेका थिए । प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुगेपछि नेपाली कागे्रसका उम्मेदवार दिपक खड्काले धाँदली भएको भन्दै गणना स्थल छाडेका थिए ।

सवोच्च अदालतको अदेश अनुसार निर्वाचनमा प्रयोग भएका मुचुल्का लगायत मत्रपत्र सहित सम्मपुर्ण कागजत निर्वाचन आयोगले आज नेपाली सेनाको हेलिकप्टर मार्फत आयोगको कार्यालयमा लगेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । सो सामाग्री निर्वाचन आयोगले सर्वोच्च अदालतको अदेश अनुसार अदालतमा पेश गर्ने उहाँको भनाई छ ।

प्रतिनिधिसभा तर्फको मतगणनको क्रममा आप्mना मतहरुलाई बदर बनाइएको भन्दै प्रतिनिधसभा उम्मेदवार दिपक खड्कालले पुनः मतगणनाको मग गदै सर्वोच्चमा रिट दायर गरेका हो । प्रतिनिधिसभा तर्फ ३ हजार २ सय ५६ मत बदर भएको थियो । जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिको मतपत्र आयोगले लगेको हो । सङ्खुवासभा जिल्लामा प्रतिनिधि सभा तर्फ ६९ हजार २ सय ४६ मत खसेको थियो । खड्का प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदावर रोजेन्द्रप्रासद गौतम सँग पाराजित भएका थिए । गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएका थिए भने उनका निकटम प्रतिस्प्रधी खड्काले ३१ अजार ६ सय ३९ मत ल्याएका थिए ।