बिहिवार १ कार्तिक, २०७५ (Thursday, 18th October 2018)
१ कार्तिक, २०७५ (18 October 2018)

भाइरल ज्वरोका बिरामी बढ्दै

2 years ago
10/08/2016

 

जिल्ला अस्पतालमा दैनिक २ सयभन्दा बढी भाइरल ज्वरोका बिरामी

द्वारिका काफ्ले-राजधानी

सिन्धुली, २५ साउन

doctor-37707_960_720वर्षाको समयमा जिल्लामा भाइरल ज्वरोका बिरामी अत्यधिक मात्रामा बढेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । प्रतिदिन अस्पतालमा आउने बिरामीहरूमध्ये झन्डै ९८ प्रतिबत बिरामीमा भाइरल ज्वरो रहेको जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेन्ट कल्याण कुमार बस्नेतले बताए ।

गाउँघरमा ज्वरो आउना साथ आफूखुसी औषधि सेवन गर्ने गरेका कारण गम्भीर अवस्थामा बिरामी भएपछि मात्र अस्पताल आउने गरेको डा. बस्नेतले बताए । उनले गाउँघरमा अवैध रूपमा खुलेका औषधि पसलले बिरामीलाई सुरुमै फ्लेक्सन दिने गर्दा त्यसले बाहिर ज्वरो नदेखिने र भित्रभित्रै रोगले सिथिल बनाउने बताउँदै उनले भने, ‘पछि ठूलो मात्रामा धनराशि खर्च गरेर उपचार गर्दा समेत कति बिरामीको उपचार हुन नसक्ने अवस्थामा बिरामी पुग्न सक्छ ।’

फ्लेक्सन ज्वरोको बिरामीलाई दिने औषधि होइन, तर गाउँका चियापसल किराना पसल आदिमा पनि खुला रूपमा औषधि बिक्रीवितरण भइरहेको बताउँदै त्यसले मानव स्वास्थ्यमा ठूलो असर पार्ने गरेको उनले बताए ।

सिन्धुली जिल्ला अस्पताल दुई वर्षअघि १५ शøयाबाट ५१ शयामा स्तरवृद्धि भएपछि अस्पतालमा बिरामीको संख्यामा उल्लेख्य बढेको अस्पतालले जनाएको छ । अस्पतालमा सेवा दिँदै आएको स्त्रीरोग विशेषज्ञ डा. सुमित्रा गौतमका अनुसार हाल हरेक दिन बिरामीको संख्या ३ सयभन्दा माथि हुने गरेको छ ।

ज्वरो आएका बखत बिरामीलाई सिधै फ्लेक्सन चलाउँदा  बिरामीको रगत विषाक्त भई रामी गम्भीर हुने गरेको डा. बस्नेतले बताए । यसले बिरामीको रोगसँग लड्ने क्षमतामा ह्रास ल्याउँछ । यस्ता खालका बिरामी भएर अस्पताल आएकालाई बाहिर पठाउँदा दुई लाखसम्म खर्च भएको भन्दै डा. बस्नेतले यस्तो खालको बिरामी आएमा स्वास्थ्यकर्मीको सल्लाह बेगर सिटामोल मात्र खान सकिने बताए । ‘अन्य औषधि लिनुपर्दा चिकित्सकको परामर्श बेगर लिन हुन्न,’ उनले भने ।

अस्पतालको स्तरोन्नति भएपछि सरकारले अस्पतालमा विशेषज्ञ चिकित्सक पठाएको भए पनि मेडिकल अधिकृतहरू नपठाएको गुनासो बस्नेतले गरे । सिन्धुली जिल्ला अस्पतालमा १० जना मेडिकल अधिकृतको दरबन्दी भएकोमा सबै दरबन्दी खाली रहेको उनले बताए ।

जिल्ला अस्पताल सिन्धुलीले बिरामी तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राखी गत आइतबारबाट फार्मेसी सेवासमेत सुरु गरेको छ । अस्पतालभित्र फार्मेसी सेवा सुरु भएपछि बिरामीले किनेको औषधीमा १० प्रतिशत छुट हुनेछ ।