करिया अमलेख ‘स्पीच’को नयाँ आवृत्ति हेर्दा

करिया अमलेख ‘स्पीच’को नयाँ आवृत्ति हेर्दा

डा. महेशराज पन्त

 

विसं १९८१ मङ्सीर १४ गते शुक्रवारको दिन नेपालमा एउटा अभूतपूर्व घटना घट्यो । अन्धकारयुग भनी बयान गरिने राणाकालमा त्यो दिन श्री ३ चन्द्र (वि.सं. १९२०–१९८६, शासनकाल वि.सं. १९५८–१९८६)बाट ‘भारादार, अफिसर र भलादमीहरू जम्बागरी करियाको अमलेख गर्ने बारेमा विचार गर्नालाई टुँडिखेलमा’
(‘स्पीच’, १९८१) आमसभाको आयोजना गरिएको थियो । यस घटनाको साढे ४ महीनापछि श्री ३ चन्द्रले ‘संवत् १९८२ साल वैशाख १ गते देखि नेपाल अधिराज्यमा कुनै पनि व्यक्तिलाई दास वा दासी मानिने छैन तथा कसैले कसैलाई दास दासी बनाउन सक्ने छैन भत्रे ऐन बनाई जारी गरे’ (चित्तरञ्जन नेपाली, ‘नेपालमा करिया मोचनको इतिहास’, ‘नेपाली’ त्रैमासिक २० पूर्णाङ्क, २०२१, २६ पृ.) ।

ब्रिटिश भारतमा वि.सं. १९०० कार्तिक ९ गते दासत्वमोचन भइसकेको थियो । म्याट्रिक्युलेशनसम्म अङ्ग्रेजी शिक्षा पाएका श्री ३ चन्द्र आफूभन्दा अघिका र पछिका श्री ३ हरूभन्दा अलि भित्रै प्रकारका थिए । पाश्चाŒय प्रभावले गर्दा आºना दाजुभाइहरूले बथानका बथान उपपत्नी राख्दा उनी त्यतापट्टि त्यति साह्रो लहसिएनन् र एउटी मात्र उपपत्नीमा संतुष्ट भई बसे, त्यसैले उनका प्रशंसकले उनलाई उनको तारीफ गर्दा ‘रामं ह्रीणं रचयतितरामेकपत्नीव्रतैर्यः’ (‘आचार्यवंशावली’, उत्तरभाग ३७ श्लोक, प्राभाकरी कम्पनी, काशी, १९५९, ७० पृ.) अर्थात् ‘एउटी मात्र स्वास्नी राख्ने नियमले गर्दा जसले रामचन्द्रलाई पनि लाज मर्नु पारिबक्सेको छ’ भत्रसम्म पनि बाँकी राखेनन् । यही पाश्चाŒय प्रभावले गर्दा उनले दासत्वमोचन मात्र गरेनन्, सतीप्रथाको पनि उन्मूलन गरे ।
करियाको अमलेख गर्ने बारेमा टुँडिखेलको खरीको बोटमा ठूलो सभा भयो । त्यस सभामा गद्दीनशीन श्री ५ त्रिभुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११)को पनि उपस्थिति थियो । त्यस सभामा बाच्नको लागि श्री ३ चन्द्रको नाउँमा निकै लामो भाषण तयार गरिएको थियो । बालकृष्ण सम (वि.सं. १९५९–२०३८)को शब्दमा ‘१९८१ सालकै मार्ग १४ गते शुक्रवारको दिन टुंडिखेलमा करियाको अमलेख गर्ने बारेमा चन्द्रसमशेरले एउटा सारगर्भित लामो भाषण दिए । त्यसमा हेमराज गुरुज्यू (नायब बडा गुरुज्यू) को कलम चलेकोले त्यसको भाषाशैली पनि कार्यजस्तै उत्तम थियो । चन्द्र समशेरले अलिकति बोलेर त्यो सब हेमराजलाई नै पढेर सबलाई सुनाउन आज्ञा दिए’ (‘मेरो कविताको आराधन’ उपासना २, साझा प्रकाशन, काठमाडौँ, २०२९, ४६ पृ.) । करिया अमलेख ठूलो घटना भएकोले देशविदेशमा प्रचारको महŒव बुझेका श्री ३ चन्द्रले आºनो त्यस भाषणको अङ्ग्रेजी उल्था पनि तयार गराएका थिए । पुस्तकाकारमा त्यो भाषण नेपाली अङ्ग्रेजी दुवै भाषामा छापिए । त्यस ताका भाषण दिने प्रथा त्यति व्यापक नभएकोले ठेट नेपालीमा तयार गरिएको त्यस पुस्तकको शीर्षकमै अङ्ग्रेजीमा जस्तै ‘स्पीच’ शब्द परेको चाखलाग्दो छ ।


बालकृष्ण समले त्यो भाषण लिपिबद्ध गर्न हेमराज शर्मा (वि.सं. १९३५–२०१०)को कलम चलेको थियो भनी लेखेकाले र धर्मशास्त्रीय उद्धरण गरी शुद्ध नेपाली भाषामा लेखिएकोले संस्कृतज्ञ वैयाकरण हेमराजकै यसमा मुख्य भूमिका भएकोमा संदेह छैन । काशीनाथ आचार्य दीक्षित (वि.सं. १९१७–१९९४)ले भने त्यो भाषण तयार गर्ने श्रेय आºना छोरा राममणि आचार्य दीक्षित (वि.सं. १९३९–२०२८)लाई दिएका छन्— ‘तेस्मा वक्सीने ठुलो स्पीच पनि राममणिले तयार गरेको थियो, त्यो स्पीच श्रीमाहिला गुरुज्यू, वडाकाजीहरू, हरिवावु, वटुवावुहरूले जाचि नपुग्येको ठाउमा थपने र वढता भयेको ठाउमा झिकने गरी तयार भयेको सारा धर्म शास्त्र नीति शास्त्रपुराण इतिहासका प्रमाणका श्लोकहरू स्मेत थियो’ (नरेन्द्रमणि आचार्य दीक्षितद्वारा संपादित
‘भएका कुरा’, काठमाडौँ, २०३१, २८१ पृ.) ।
नेपाली र अङ्ग्रेजी दुवै भाषामा समान पाठ भएकाले त्यही नेपाली नै अङ्ग्रेजीमा उल्था गरिएको देखिन्छ । अङ्ग्रेजीमा राम्रो अधिकार भएका, दरबारका आप्त, बडाकाजी मरीचिमान सिंह प्रधानले अङ्ग्रेजी पाठ तयार गरेका हुन् भत्रे कुरा मैले कता कता सुनेको जस्तो लाग्छ ।

टुँडिखेलमा यसरी भाषण गरेपछि नेपालमा दासप्रथाको उन्मूलन गर्न आपूmले चालेको पाइलाको चर्चा जताततै पैmलियोस् भत्रे कामना श्री ३ चन्द्रले राख्नु अस्वाभाविक थिएन । यसैले उनले बेलाइती पत्रकार पर्सिभल ल्यान्डन (वि.सं. १९२५–१९८३)लाई ई.सं. १९२४ डिसेम्बर २८ तारीख तदनुसार वि.सं. १९८१ पूस १४ गते यस विषयमा एउटा चिठी लेखेका रहेछन् । श्री ३ चन्द्रले लेखेको त्यस चिठीको केही अंश पर्सिभल ल्यान्डनले आºनो नेपालसंबन्धी पुस्तकमा उद्धरण गरेका छन्— ‘मेरो देशमा दासप्रथा पूरापूर हटेको हेर्न मैले हालै गरेको आटिँलो प्रयत्नको बारे सुत्र तपाईँलाई मन लाग्ला । करियाहरूको भाग्यमा सुधार गर्न तथा तिनीहरूमा र स्वतन्त्र मानिसहरूमा भएको भेद घटाउन बखतबखतमा ऐनकानून पास गर्ने काम थालेर केही वर्ष यतादेखि मैले यस उद्देश्यप्राप्तिको लागि प्रयत्न गर्दै आइरहेको छु । अहिले समय आएको छ भनी मैले ठानेँ । तदनुसार म काठमाडौँबाट हिँड्नुभन्दा केही दिनअगाडि टुँडिखेलमा खुला ठाउँमा सभा गरी मलाई समर्थन गर्न आºना देशवासीहरूसँग उत्कट अपील गरेँ… अहिलेसम्म पाइएका धेरैजसो राय मेरो पक्षमा आएकोले म त्यो दिन पर्खिरहेको छु, जुन दिन परमेश्वरको कृपाले धेरै महीना पर जाँदैन भत्रे मेरो उत्कट आशा छ । यस रीतिमा रहेको अमानुष प्रथा बन्द मात्र नभई राज्यभर करियाप्रथाको कानूनी हैसियत पूरापूर उन्मूलन भई मैले लामो समयदेखि दिलमा राखिरहेको इच्छा पूरा हुँदाको ठूलो सन्तोष मलाई हुनेछ’ (‘नेपाल्’ २ ठेली, कन्स्टब्ल, लन्डन, ई.सं. १९२८, १६६ पृ.बाट मेरो उल्था) ।

भारतमा दासप्रथाको उन्मूलन भएको यतिका वर्षसम्म त्यो प्रथा नेपालमा नहटे पनि आंशिक रूपमा भारतमा उन्मूलन हुनुभन्दा झण्डै ७५ वर्षअगाडि पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)कै पालामा भइसकेको देखिन्छ (नयराज पन्त आदि, ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा–प्रकाशन, ललितपुर, २०२५, १०३८–१०४२ पृ.) । पछि भीमसेन थापा (वि.सं. १८३२–१८९६, शासनकाल वि.सं. १८६३–१८९४), श्री ३ जङ्ग (वि.सं. १८७४–१९३३, शासनकाल वि.सं. १९०३–१९३३), श्री ३ वीर (वि.सं. १९०९–१९५७, शासनकाल वि.सं. १९४२–१९५७) र श्री ३ देव (वि.सं. १९१९–१९७०, शासनकाल वि.सं. १९५७–१९५८)को पालामा पनि केही काम भएको थियो भत्रे कुरा तात्कालिक प्रमाणबाट सिद्ध भइसकेको छ ।
९३ वर्षअगाडि छापिएको त्यस भाषणको प्रति अहिले अत्यन्त दुर्लभ भइसकेको अवस्थामा एउटा प्रकाशनसंस्थाले यसै वर्ष त्यो भाषण दुवै भाषामा एउटै ठेलीमा प्रकाशित ग¥यो (‘करियाको अमलेख गर्ने बारेमा श्री ३ महाराज चन्द्र सम्शेर जङ्ग बहादुर राणा’, मण्डप बुक्स, काठमाडौँ, २०७४) । यसले गर्दा पछिल्ला पुस्ताका जिज्ञासुहरूलाई त्यो भाषण उपलब्ध हुन सकेकोमा त्यो प्रकाशनसंस्था धन्यवादको पात्र भएको छ ।
यस पुस्तकको ‘प्रकाशकीय’मा ‘यो भाषण (स्पिच) १९८१ सालको नेपालको सरकारी भाषा हो । यो पुरानो दस्तावेदलाई यहाँ जस्ताको तस्तै उतार्ने प्रयत्न गरिएको छ’ (८ पृ.) भनी यहाँ लेखिएकोले मूलपाठमा परिवर्तन गरिएको छैन भत्रे बुझिन्छ । तर स्थिति यस्तो छैन । मूलको दीर्घ अहिले ह्रस्व भएर र मूलमा जोडेर लेखिएको शब्द अहिले छुट्ट्याएर छापिएको दृष्टान्त जति भने पनि दिन सकिन्छ । त्यसै गरी, मूलमा नभएको शब्द थपिएको उदाहरण वि.सं. १९८१ मा छापिँदा ‘एकदम उडाइ दिनु नै पर्दछ’ (५ पृ.) भएकोमा अहिले ‘एकदम उडाइदिनु नै उचित पर्दछ’ (११ पृ.)मा पाइएको छ ।
फोटो–अप्mसेट विधिबाट नछापी फेरि टाइप गरी यो पुस्तक छापिएकोले एकातिर काम श्रमसाध्य त भयो भयो, अर्को शुद्धसँग छापिएको पुस्तक पछिल्लोपटक छापिँदा असावधानीवश निकै अशुद्ध हुन गयो । ठाउँठाउँमा अशुद्धि परेको उदाहरणको रूपमा मूल पुस्तकको ‘अरू दुनियाँदार’ (५ पृ.) अहिले ‘हरू दुनियाँदार’ (११ पृ.) भई छापिएको छ । संस्कृत श्लोकको उद्धरण गर्दा अशुद्ध छापिएकोले उद्धरणको सौष्ठव नै हराएको छ ।
यस पुस्तकको ‘प्रकाशकीय’मा यस्तो— ‘यो पुस्तक नेपालको दास–दासी प्रथा अन्त्यको एउटा ऐतिहासिक दस्तावेज हो । यस पुस्तकमा पुस्तक परिचय लेखिदिने तथा टाइपका लागि यो ऐतिहासिक पुस्तक उपलब्ध गराई गहन सहयोग गरीदिनु हुने प्रा.डा. राजेश गौतमप्रति विशेष धन्यवाद छ’ (८ पृ.)— लेखिएकोले इतिहासका जानेमानेका प्रोफेसर डा. राजेश गौतम (वि.सं. २००७ मा जन्म)को यस पुनर्मुद्रणमा ठूलो हात रहेको देखिन्छ ।
यस पुस्तकमा ‘प्रकाशकीय’भन्दा अगाडि र ‘स्पीच’को अङ्ग्रेजी पाठभन्दा अगाडि श्री ३ चन्द्रका भनी २ वटा चित्र दिइएका छन् । तर पछिल्लो चित्र श्री ३ चन्द्रको नभई श्री ३ जङ्गको पर्न गएको छ ।

नेपाली र अº्ग्रेजी दुवै भाषामा समान पाठ भएकाले त्यही नेपाली नै अº्ग्रेजीमा उल्था गरिएको देखिन्छ । अº्ग्रेजीमा राम्रो अधिकार भएका, दरबारका आप्त, बडाकाजी मरीचिमान सिंह प्रधानले अº्ग्रेजी पाठ तयार गरेका हुन् भन्ने कुरा मैले कताकता सुनेको जस्तो लाग्छ ।

‘पुस्तक परिचय’ भनी यस पुस्तकको विषयमा राजेश गौतमको लामो लेख त्यसैमा गाभिएको छ (६१–८३ पृ.) । त्यहाँ वर्णविन्याससंबन्धी गल्ती छ्यासछ्यासती पाइने कुरा त्यसबाट तल उद्धरण गरिएको अंशबाट मात्र पनि स्पष्ट हुन्छ । विशेष खोजी नगरी त्यो ‘पुस्तक परिचय’ लेखिएकोले काम त्यति राम्रो छैन भनी भत्रैपर्छ ।


‘नेपालमा यो प्रथा कहिले देखी सुरू भयो भत्रे विषयमा विद्वानहरूको वेग्ला–वेग्लै विचारहरू छन । तर पनि यो प्रथा प्राचिन काल देखिनै चलि आएको हो भत्रे कुरा श्याम भुर्तेलले नरेन्द्र देवको अन्नन्तलिङ्गेश्वरको शिलालेख र सिद्धिनरसिंह मल्लको पाटनको एक शिलालेखमा उल्लेख भएको कुरा बताई प्रष्ट गरेका छन्’ (६४ पृ.) भनी इतिहासका प्रोफेसरले लेखेकाले दासप्रथाको खोजी यतिमै मात्र सीमित जस्तो देखिन्छ । तर नेपालमा दासप्रथाको विषयमा यसभन्दा निकै नै बढी खोजी भइसकेको उदाहरणको लागि दिनेशराज पन्त (वि.सं. २००६ मा जन्म)को २१ वर्षभन्दा अगाडि छापिएको लेखतर्पm औँल्याउनु नै पर्याप्त होला (बेर्न्हार्त कोल्फरद्वारा संपादित ‘रेख्त्, श्तात् उन्द् फेर्वरल्तुङ् इम् क्लासिशेन् इन्दिएन्÷ द स्टेट्, द ल, यान्ड् अड्मिन्इस्ट्रेशन् इन् क्ल्यास्इक्ल् इन्डिअ’, एर. ओल्देनबुर्ग फेर्लाग, म्यूनिख, ई.सं. १९९७, १३५–१५८ पृ.मा ‘दि इन्स्टिट्युशन् अप्m स्लेभ्अरि इन् नेपाल् यान्ड् इट्स् अन्यालसिस् बेस्ड् अन् द धर्मशास्त्रज्’) ।
राजेश गौतमको लेखमा गाम्भीर्य नभएको कुरा यस ‘पुस्तक परिचय’बाट मात्र प्रकट भएको होइन । यो छापिनुभन्दा अगाडिका र पछाडिका उनका लेख पनि यस्तै छाँटका छन् । यसको एउटा दृष्टान्त ‘सम्वत् १९५८ साल जेष्ठ ५ गते रोज ५ का सनदले खुलेका पाठशालाहरू’मा पढाउने पण्डितहरूको नाउँ दिँदा एक जनाको नाउँ र वतन ‘पं छविलाल पोडे, काठमाडौं’ (राजेश गौतम, ‘राणाकालीन नेपालको एक झलक— प्रशासनिक, सामाजिक तथा शैक्षिक इतिहास’, रत्नपुस्तकभण्डार, काठमाडौँ, २०५०, १०५ पृ.) भई छापिएको छ । अहिलेभन्दा ११४ वर्षभन्दा अगाडिको नेपालमा यो थर हुने मानिस पण्डित भएको कुराको कल्पनासम्म पनि गर्न सकिँदैन । यो नाउँ पहिलोपटक मात्र होइन, दोस्रोपटक पनि ‘पं छविलाल पोडे’ नै भई छापिएको छ । त्यति मात्र कहाँ हो र, वि.सं. १९५८ को सनद त्यहाँ वि.सं. १९९८ को हुन गएको छ (राजेश गौतम, ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू’, अड्रोइट पब्लिशर्ज, नयाँ दिल्ली, ई.सं. २००४, १०८ पृ.) ।

यही साल असोज ७ गते शनिवारको दिन ‘कान्तिपुर’ दैनिकको ‘कोसेली’अन्तर्गत ‘२५० वर्षका २५’ भनी २५ जना विशिष्ट मानिसको विषयमा लेखिएको थियो । ती २५ जनामध्ये नयराज पन्त (वि.सं. १९७०–२०५९)को विषयमा लेख्ने जिम्मेवारी राजेश गौतमले पाएका रहेछन् । ‘इतिहासका ‘स्कुल’ ’ भत्रे शीर्षकअन्तर्गत नयराज पन्तको विषयमा लेख्दा उनले स्थापना गरेको संशोधन–मण्डलको तारीफ गर्ने प्रसंगमा त्यहाँ (छ पृ.) राजेश गौतमले यस्तो— ‘धेरै विद्वान्ले भनेका छन्– ‘नेपालमा इतिहासको क्षेत्रमा यदि कसैलाई विश्वास गर्नुपर्छ भने इतिहास संशोधन मण्डललाई गर्नुपर्छ ।’ विदेशी विद्वान्हरूको धारणा पनि त्यस्तै छ । सिल्भा लेवी, लियो ई रोज, पेट्रिकले यस्तै धारणा प्रस्तुत गरेका छन्’— लेखेकाले इतिहासको एउटा सामान्य कालबोध सुद्धा उनमा नभएको देखिन्छ ।
सिल्विं लेवि (वि.सं. १९१९–१९९२)ले संशोधन–मण्डलको तारीफ गरेको भनी राजेश गौतमले लेखेको कुराको विषयमा
‘कान्तिपुर’ दैनिकमा असोज २० गते शुक्रवार छापिएको टिप्पणीबाट केही वाक्य यस प्रसंगमा उतार्नु राम्रै होला— ‘नेपालको इतिहासमा धेरै काम गरेका सिल्भा लेभी वि.सं. १९१९ मा जन्मी १९९२ मा बितेकाले उनको नेपालसम्बन्धी पुस्तकका अघिल्ला २ भाग वि.सं. १९६२ र तेस्रो भाग वि.सं. १९६५ मा छापिएकोले वि.सं. २००९ देखि प्रकाशन गर्न लागेको संशोधन–मण्डलको विषयमा लेभीले बोल्नु सम्भव छैन । लेभीको नेपाल सम्बन्धी पुस्तकको तेस्रो भाग निस्कँदा संशोधन–मण्डलको प्रवर्तक नयराज पन्त जन्मन अझ ५ वर्ष बाँकी थियो’ (रोशनी श्रेष्ठ, ‘तथ्य मिलेन कि ?’, ६ पृ.) ।
राजेश गौतमले ‘पेट्रिक’ भनेर त्यस लेखमा विलियम कर्क्प्याट्रिक (वि.सं. १८१३–१८६९)तर्पm इङ्गित गरेको  देखिन्छ ।

उनको पुस्तक (‘यान् अकाउन्ट् अप्m द किङ्डम् अप्m नेपाउल्, बीइङ् द सब्स्टन्स् अप्m दि अब्जर्भेशन्ज् मेड् ड्यूर्ङ् अ मिश्अन् टु द्याट् कन्ट्रि इन् द यर् १७९३’, विलियम मिल्अर, लन्डन, ई.सं. १८११) छापिएको १०२ वर्षपछि जन्मेका नयराज पन्तले स्थापना गरेको संशोधन–मण्डलको प्रशंसा कर्क्प्याट्रिकले कसरी गरे ? हो, लिओ ई. रोज (वि.सं. १९८३–२०६२)ले संशोधन–मण्डलको प्रशंसा गरेका छन् (रामजी तेवारी आदि, ‘अभिलेख–संग्रह’ १ भाग, ‘इतिहास–संशोधनको विषयमा अमेरिका क्यालिफोर्निया विश्वविद्यालयका लिओ इ. रोज्को समति’, संशोधन–मण्डल, २०१८, १ पृ.) र उनले आºनो कृतिमा त्यस मण्डलको खोजीको भरपूर उपयोग पनि गरेका छन् (‘नेपाल् ः स्ट्र्याट्इजि फर् सर्भाइभ्अल्’, अक्स्फोर्ड यूनिभर्सिटि प्रेस, बम्बई, ई.सं. १९७१) ।
संशोधन–मण्डलको इतिहासप्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’को विषयमा त्यस लेखमा लेख्दै जाँदा राजेश गौतमले यस्तो लेखेका छन्— ‘इतिहास संशोधन मण्डलको नामकरण भइसकेपछि पनि ‘इतिहास संशोधनका पत्र’ हरूचाहिँ क्रमिक रूपमा निस्किरहे, त्यसैगरी ‘सावधानपत्र’ हरू पनि निस्किरहे । यसरी टुक्राटाक्री मात्र निकालेर हुँदैन भनी उनीहरूले २०२१ मा पहिलोपल्ट इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ को प्रकाशन शुरु गरे । यो पत्रिका अझसम्म निरन्तर निस्किरहेको छ । ‘पूर्णिमा’ को इतिहास हेर्दा सयौं अंकसम्म धेरै मात्रामा इतिहासलाई महŒव दिइन्थ्यो । क्रमिक रूपमा यो बिस्तारै ज्योतिषप्रधान पत्रिका भएर प्रकाशित हुन थाल्यो । ज्योतिषकेन्द्रित भएपछि ‘पूर्णिमा’ पत्रिकाको महŒव त्यही रूपमा  रहेको पाइँदैन’ ।

यो कुरा राजेश गौतमले पहिलोपटक लेखेका होइनन् । ३३ वर्ष यतादेखि उनी यस्तै लेख्दै आइरहेका छन्— ‘यस्तै गरी यस मण्डलले एक पत्रिका “पूर्णिमा” पनि प्रकाशित गरेको छ । जसमा समयसमयमा इतिहास सम्बन्धी लेखहरू लेखी इतिहासमा पर्ने र परेको बाधा अडचनहरूलाई हटाउने र प्रष्ट गर्ने कार्य गरेको छ । इतिहास विषय अध्ययन गर्नेहरूको लागि यो पत्रिका पनि अति आवश्यक मानिन्छ ।
‘यद्यपि आजकल यो मण्डल पनि पहिलेको भैmँ सक्रिय हुन सकेको छैन । भनिन्छ यो मण्डल आजकल सिर्पm ज्योतिषहरूको र ज्योतिष सम्बन्धी मात्र कार्य गर्ने एउटा संगठन वा मण्डलको रूपमा रहेको छ ।’ (‘इतिहासको पनि इतिहास’, रत्नपुस्तकभण्डार, काठमाडौँ, २०४१, ९४–९५ पृ. ≠ ‘इतिहास लेखनको इतिहास’, रत्नपुस्तकभण्डार, काठमाडौँ, २०५१, ३५६ पृ.)
नयराज पन्तका विविध वैशिष्ट्यमध्ये सिद्धान्तज्यौतिष अर्थात् गणितज्यौतिष भएकोले र इतिहासको व्यापक परिभाषामध्ये त्यो विद्या पनि पर्ने भएकोले उनको जीवनकालमा इतिहासप्रधान ‘पूर्णिमा’ पत्रिकामा त्यस विद्यासंबन्धी लेख छापिएका हुन्, तर ज्यौतिषसंबन्धी लेखले ‘पूर्णिमा’का अङ्क भरिएका छैनन् । आधा शताब्दीभन्दा लामो इतिहास बोकेको ‘पूर्णिमा’का १४३ वटै अङ्क नहेरी हचुवाको भरमा यही कुरा राजेश गौतम दोह¥याउँदैछन् । यस्तै छाँटले तयार गरिएको ‘स्पीच’को नयाँ आवृत्ति र त्यसमा गाभिएको ‘पुस्तक परिचय’ विद्वद्ग्राह्य हुन सकेको छैन भनी अन्त्यमा नभनी हुँदैन ।