सोमतीर्थ र सुपा देउराली–८

सोमतीर्थ र सुपा देउराली–८

प्रा.डा. विष्णुराज आत्रेय

 

सोम भने दोमन हुन्थे । । उनी असामञ्जस्यमा पर्थे । अन्कनाइरहन्थे । त्यतिका पढे जानेर पनि उनले समाजमा लुकेर बस्नुपर्ने स्थिति आएको थियो । कुनै निर्णय लिन सक्दैनथे उनी ।तारा चाहिँ आकाश–पातालका कुरा ल्याएर उनलाई सम्झाउने गर्थिन् । सधैं राति राति बसेर दुवैजना अब के गर्ने ? ंभनेर योजनाका ताना–बाना बुन्थे । नींद खचपचिन्थ्यो र समयको वाहियात खर्च मात्र हुन्थ्यो । बिहान उज्यालो भयो । समस्या त जहाँको तहीं ।
अन्ततः एकदिन कुरा निक्र्यौलमा पुग्यो । ताराले सोम आत्रेयलाई भोलि तीन प्रहर रात बित्दा मलाई देवलोकको यस अमरावतीबाट अपहरण गरेर लैजाऊ भनिन् । यही निधो गरेर दुवै आआफ्ना थान्कामा गए । अर्को दिन राति नै तारा र सोम दम्पतीका रूपमा सधैंका लागि देवलोक छोडेर मत्र्यलोकतिर झरे ।
अर्कोदिनको कुरा ।
बृहस्पतिसदन सुनसान थियो । शुभा ताराभन्दा अलि ढिलढिलै उठ्थिन् । आज उनी उठ्दासम्म पनि तारा भित्रबाहिर कतै देखिइनन् । यता उता जता कतै हेर्दा त सोम आत्रेयको पनि अत्तोपत्तो छैन । देवलोकमा तारा र सोमको खोजी हुन थाल्यो । अमरावतीभरि राजकीय गुप्तचरहरू खोजमा खटाइए । केही पत्तो लागेन । अन्त्यमा, सोमले ताराको अपहरण गरेर लगे भन्ने निक्र्यौलमा  सबै पुगे ।

तीन स्वयं आफ्नै शैलीमा तारा सोमका साथ अमरावतीको बृहस्पति सदनबाट सुटुक्क बाहिरिइन् । त्यहाँबाट केही बेर हिँडेपछि तिनीहरूले मत्र्यलोक झर्ने वायु मार्ग समाते । एक अर्काको हात समात्दै तिनीहरू मत्र्यलोकतिर ओह्रालो लागे । धरतीका भीर–पखेरा, नदी–नाला र डाँडा–काँढा नाघ्दै पहाडी क्षेत्रको दुर्गम तथा सर्वसाधारणबाट पत्तो नपाइने कृष्णागण्डकी प्रसवण क्षेत्रको एकान्तस्थलमा पुगे ती दुवैजना ।
त्यहाँ तिनीहरूले भिरालो पर्वतमा एउटा अज्ञात गुफा भेटे । त्यसलाई अझसम्म कसैले फेला पारेको थिएन । गुफामुखसम्म पुग्न पनि निकै कष्टकर थियो । बाटो न घाटो, गोरेटो न घोडेटो † भ्यागुताले जस्तै चार हातखुट्टाले टेकेर गुफामुखमा पुग्नुपर्ने । सितिमिति कसैले थाहा नपाउने खालको एकान्त र अनकण्टार ठाउँमा हुनाले तिनीहरूलाई त्यो गुफा सुरक्षित लाग्यो ।
मुख सानो । कुक्रुक्क परेर बल्लबल्ल छिर्नुपर्ने । साँघुरो गुफामुखजस्तै साँघुरिएर तिनीहरू त्यसभित्र छिरे । एउटा गुफाभित्र फेरि अर्को पनि गुफा । भित्र पसेपछि भने गुफा ठूलो र फराकिलो थियो, बाहिरबाट सानो देखिए पनि । कतै गाईका थुनजस्ता कतै शेषनागका फणाजस्ता प्रस्तराकार प्राकृतिक बनोटका मूर्तिहरू थिए त्यहाँ । विचित्रको थियो त्यो गुफा । तारा र सोमले आफ्नो वासस्थान त्यसै गुफालाई चुने ।
तारा र सोम आत्रेयको प्रवेशसँगै चुक पोखिए जस्तो कालो र गर्मीले हप्प बाफिएको त्यो गुफा आफैं उज्यालो र वातानुकूलित भयो । पछि पछि यस गुफाको परिचय स्थानीय बासिन्दाले विचित्र गुफाको नामले दिन थाले ।
ताराको गर्भमा सोमको सृष्टि धान्ने भ्रुणश्रभुरो थियो, वंशवद्र्धक शिशु । तर मैथुनी सृष्टिका लागि विवाहको नियम भएकाले यो गर्भलाई सामाजिक मान्यता
नमिल्न सक्थ्यो ।

गह्रुड्डी जीउकी तारा स्वर्गलोकमा प्रचलित उपायद्वारा आफ्नो अवाञ्छित गर्भ तुहाएर आफू हलुड्डी हुन पनि राजी थिइन् । तर सोमले मानेनन् ।
सृष्टिको प्रारम्भिक कालमा मत्र्यलोकमा वंशवृद्धिका लागि यस भ्रुणको कम महङ्खव थिएन । अतः भ्रूणको संरक्षण हुनुपर्ने निष्कर्षमा पुगे दुवै । अतः सोमले गह्रुड्डी जीउकी ताराको विशेष हेरविचार गर्नुपर्ने परिस्थिति आयो । अब तारा र सोम त्यही बसेर प्रसवको समय पर्खिन थाले । त्यहाँ रहँदा ती दुवैले असल सन्तान जन्मियोस् भनेर सकेसम्म प्रयास गरे । गह्रुको जीउकी तारालाई कुनै पनि कष्ट नहोस् भनेर सोमले घर–धन्दाका सबै कामहरू आफैं गर्दथे । समय यसैगरी बित्दै थियो ।
देवलोकमा अहोरात्र स्वाध्याय र अध्ययनमा मात्र तल्लीन रहने सोमलाई यहाँ आफ्नो सेवामा दिनरात खटिइरहेको देख्दा ताराको मन पोल्थ्यो । कहिलेकाहीं त मैले उज्ज्वल भविष्य भएका एउटा होनहार युवाको भविष्यसँग खेलचारी गरें । उसको जीवन नै बिगारिदिएँ भन्दै तारा पश्चाताप पनि गर्थिन् । कहिले भने पृथ्वीको यस मनुवालाई मैले आफ्नु गर्भबाट दिव्य सन्तति दिने भएँ भनेर सन्तोष पनि मान्ने गर्दथिन्, मनमनै ।

मुख सानो । कुक्रुक्क परेर बल्लबल्ल छिर्नुपर्ने । साँघुरो गुफा मुखजस्तै साँघुरिएर तिनीहरू त्यसभित्र छिरे । एउटा गुफाभित्र फेरि अर्को पनि गुफा

‘सोम आत्रेयलाई भने कम पछुतो थिएन । हजुरबुबा ब्रह्माले आफ्नो नातिलाई केके न बनाउँछु,’ भन्नुहुन्थ्यो । म नाति भनाउँदो कुल गुरुकी पत्नीको अपहरण गर्नेमा बदनाम हुने भएँ । कुपौत्रमा दरिने भएँ म । उनी अपराधबोध गर्थे आफूभित्र । मैले तारालाई पत्नी बनाएर अवैध काम गरेको छु । भ्रुण हत्याको अर्को पाप बोकिने डरले ताराको प्रस्ताव पनि स्वीकार गरिन् । बाबुको राम्रो नराम्रो कामको प्रभाव गर्भस्थ भ्रुणमा पनि पर्न सक्छ । अतः मैले यस अनुचित कर्मकोे प्रायश्चित्त गर्नुपर्छ । तर के प्रायश्चित्त गर्ने ? कस्तो प्रायश्चित्त गर्ने ? कोसँग सोध्न जाऊँ ? हजुरबुबाले त अवश्य पनि यसको उपाय भन्नुहुन्थ्यो होला । उहाँसँग यो स्थितिमा कलंकित मुख लिएर कसरी जाऊँ ?’ असामञ्जस्यमा थिए उनी ।
सोम यस्तै खालको पीरले रातदिन सुक्न थाले । धेरै दिनदेखि यसरी लोलाए–टोलाएर सुक्दै गरेका सोमलाई देखेर तारा पनि पिरिन्थिन् । उनले एकदिन सोमलाई सोधिन्, ‘किन यसरी पिरिएका ? के भयो तिमीलाई ? किन तिमी एउटा अपराधीजस्ता भएर आफैंमा गुटमुटिएर बसेका छौ ? तिम्रो यो स्थितिले मलाई पनि प्रभावित गर्छ । हामी यसरी उदास र आपराधिक भावनाले ग्रस्त भयौं भने हाम्रो भोलि जन्मने सन्तति पनि यसबाट प्रभावित हुन्छ ।’
यहाँ रातदिन मेरो सुसार गर्नु पर्दा पनि तिमीलाई ज्यादै कष्ट भएको छ । यो कुरा मैले राम्ररी बुझेकी छु । मैले त यो गर्भ तुहाइदिऊँ पनि भनेकी थिएँ । तिमीले मानेनौ । मैले सकुन्ज्याल त तिमीलाई सिन्को सार्न पारेकी थिइनँ । तर आज म विवश छु । यो स्थितिमा अर्को उपाय पो के छ र ? किन खुम्चिस् मरिच ? आप्mनै पीरले ।

‘हुन त हामी यस मत्र्यलोकमा नआएर देवलोकमै बसेको भए पनि हामीलाई कसले के गर्न सक्थ्यो र ? बरु यसको दोषी त्यहाँको समाजले पनि बृहस्पतिलाई नै ठान्थ्यो। हामीलाई होइन । वास्तवमा दुइटा कारणले गर्दा हामीले यहाँ आउनुपरेको हो ।’ के दुई कारण ? सोमले सोधे । एक त तिमी आफ्नोे अध्ययन समाप्त भइसकेकाले देवलोक छोड्न एउटा खुट्टा उचालिसकेका थियौ । अहिले जाऊँ कि † भोलि जाऊँ † गर्न थालिसकेका थियौ तिमी । यस निम्ति हामीलाई मत्र्यलोक आउनु परेको हो ।
‘अर्को कुरा, नैतिकताले गर्दा पनि बृहस्पतिका घरमा हामीले बस्न् उचित हुने थिएन । किनभने तिम्रो भ्रुण छ नि त मेरो पेटमा । अतः शिशु जन्मेर बाबुुका जिम्मा नलाउँदासम्म मैले तिमीलाई छोड्नु हुँदैनथ्यो । भ्रूण जन्मेपछि भने तिमीबाट म मुक्त हुन्छु, मबाट तिमी’ ताराले भनिन् ।
कसरी ? सोमले आश्चर्य मान्दै सोधे । कसरी नि ? यसैगरी । तिमीलाई स्वर्गीय नियम थाहा नै छैन । स्वर्गको पानगोष्ठीमा तिमीलाई कति जना केटीले बल्झाए ? तिनी सबै बिटुलिए ? के तिमी तिनका पति भयौ ?
भोगको देश हो स्वर्ग । मन मिल्यो भने सबै थोक मिल्यो † मन मिलेको छैन भने पति–पत्नीका बीचमै किन नहोस् ? सहवास पनि बलात्कार हुन्छ हामीकहाँ । यस स्थितिमा पीडित पक्षले उजुर ग¥यो भने दोषी व्यक्ति दण्डभागी हुन्छ । यहाँ त गर्भ रह्यो भने मात्र यसको पति छ भन्ने थाहा हुन्छ समाजलाई ।
सन्तान नहोउन्ज्याल किशोर किशोरीलाई पतिपत्नीजस्तै गरी सँगै बसे पनि समाजले चोर औंला ठड्याउँदैन । त्यसै हुनाले अनुचित र अनीप्सित गर्भधारण मात्र दण्डनीय हुन्छ । पुरुष र महिला दुवैको सहमतिमा भए रहेको गर्भ दण्डनीय हुँदैन । केही गरी बृहस्पति लिन आउनुभयो भने तिमी मलाई छोडेर जान्छ्यौ त स्वर्ग ? प्रश्न गरे सोमले ।

हो, यो त मेरो स्वतन्त्रताले दिएको कुरा हो । मेरो इच्छामा निर्भर हुने कुरा हो । जान पनि सक्छु फेरि म स्वर्ग । नजान पनि । साँढे फेरिँदैमा कामधेनुको पवित्रता र उपयोगिता समाप्त हुन्छ र ? त्यस्तै हुँ म पनि । त्यसै हुनाले पुरुषबाट वंश चल्ने नियम बनाए ब्रह्माले ।
आफ्नो संकलित पुण्यको भोग गर्न आउने ठाउँ हो यो देवलोक । पुण्य सकियो अनि झर्छ चौरासी भोग्न, तल मत्र्यलोकतिर । यथार्थमा भन्नुपर्दा तिमी पनि भोग सकिएर पृथ्वी तिर ओरालो लागेका हौ ।’ यति भनेपछि अलिक शान्त भयो आवेश ताराको । उनले मुखबाट यति कुरा ओकलेपछि अलिकति हलका भएको अनुभव गरिन् । तथापि पूर्णतया विरेचन भइसकेका थिएनन् । उनका भित्री कुरा । अतः उनी सोम आत्रेयका सामू फेरि यसरी पोखिइन्— सोम ? तिमीले पत्नीप्रति कत्र्तव्यच्यूत एवं अपराधी पतिबाट अपहेलित भएकी एउटी नारीको अन्तर्वेदना बुझ्यौ । उसको प्रार्थनामा त्यसलाई  ऋतुदान दियौ ।