आदर्श समाज निर्माणमा नागरिक शिक्षा

आदर्श समाज निर्माणमा नागरिक शिक्षा

डा. देवीप्रसाद आचार्य

 

सामान्यतया आदर्श समाज भन्नाले सामाजिक सद्भावमैत्री, परोपकारी, लोककल्याणकारी र सामाजिक न्यायमा आधारित शान्त समाजलाई बुभ्mने गरिन्छ । आदर्श समाज युद्घ, विद्रोह, द्वन्द्व, होहल्ला, खलबली र रडाको आदिबाट मुक्त हुन्छ । मानसिक तनावबाट मुक्त, लोककल्याणकारी तथा एक–आपसमा मान, सम्मान र सहयोगको भावनाले ओतप्रोत समाज नै आदर्श समाजको नमुना हो ।
शान्ति, अमन चयन र गुणस्तरीय जीवन हरेक समाजको चाहना हो । गुणस्तरीय जीवनयापनका लागि अभाव र तनावरहित वातावरण आवश्यक हुन्छ । यसका लागि व्यक्ति, समुदाय र राज्य सबल, सफल, सुव्यवस्थित र नैतिकवान् हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले व्यक्तिलाई आफ्नो घर, परिवार, समुदाय, देशका संघसस्थाहरू तथा राज्यप्रतिको कर्तव्य र दायित्वलाई बोध गराउँछ । समाजका बहुपक्षीय मूल्य र मान्यताहरूको स्वीकारोक्ति गराउनुका साथै सामाजिक सद्भाव र मानवतावादी चिन्तनको विकासमा महŒवपूर्ण
भूमिका खेल्छ ।
मानिसलाई चेतनशील प्राणी भनिन्छ । ढुंगेयुगदेखि आजको मिसाइल युगसम्मको मानव सभ्यतामा हाम्रा विश्वजगतका पुर्खा वा अग्रजहरूको ठूलो योगदान छ । मानिसको चामत्कारिक कार्यक्षमताका कारण एकातिर विकसित देशका बासिन्दा चन्द्रलोक र मंगललोकको यात्रामा तल्लीन छन् भने अर्कोतिर समाजमा मानवबाट सिर्जित युद्घ, कलह, हिंसा, वैमनस्य, चोरी, डकैती तथा द्वन्द्वबाट मानवजीवन हैरान भइरहेको अवस्था छ । यसरी हेर्दा मानिसले उसमा भएको क्षमताको सदुपयोग गर्दा समाज, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत योगदान दिन सक्छ भने दुरुपयोग गर्दा समाजमा अपराध, अशान्ति र उदण्ड फैलाउन पनि सक्छ । यस सन्दर्भमा मानिसमा सकारात्मक सोच, अहिंसा, दया, मानवता र परोपकारको भावनाको विकास गराउन नागरिक शिक्षाको ज्ञान महŒवपूर्ण मानिन्छ ।

मानव विकासको इतिहाससँगै विश्वजगतमा हिंसा, थिचोमिचो, अन्याय, अत्याचार र विभेद रहेको पाइन्छ । समाजमा लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय तथा मानव निर्मित सतिप्रथा, दासप्रथा, रंगभेदजस्ता सामाजिक विकृतिहरू थिए । अहिले कतिपय विभेदहरूलाई कानुनले निधेष गरेको छ भने सामाजको चेतनाको वृद्घिसँगै कतिपय साँघुरिदै गएको अवस्था छ । आजको समाजमा ज्ञान, विज्ञान र प्रविधिको विकासले सामाजिक चेतनामा वृद्घि भएको छ । तथापि समाज समस्यामुक्त छैन । सामाजिक समस्याहरू निराकरण भएका छैनन् । बरू समस्याका रूपहरू बदलिएका छन् ।
हाम्रो समाजमा मादक पदार्थको सेवन, लागूपदार्थको दुव्र्ययनी, चेलीबेटी बेचबिखन, सामाजिक असमझदारी, राजनीतिक द्वन्द्व, हत्या र हिंसाजस्ता समस्याहरू व्यापक छन् । जातीय, वर्गीय र क्षेत्रीय समस्याहरू यत्रतत्र सर्वत्र छन् । आपराधीकरण, भ्रष्टभार, सम्बन्धविच्छेद, पारिवारिक बेमेल, ज्येष्ठ नागरिकहरूको अपहेलनाजस्ता कार्यहरू बढ्दै गएको अवस्था छ । यस सन्दर्भमा नागरिक शिक्षाले व्यक्ति तथा समाजलाई सहनशील, सकारात्मक, कर्तव्यनिष्ठ, लोकतान्त्रिक र परोपकारी बनाउन सहयोग गर्छ, जुन आदर्श समाज निर्माणका आधारभूत मानव व्यवहारहरू हुन् ।
नागरिक शिक्षाले राष्ट्रिय एकताको चेतना र सामाजिक सद्भावको आचरण विकास गर्न मद्दत गर्छ । कुनै पनि राष्ट्रमा नागरिक एकता र राष्ट्रियता बलियो हुनका लागि त्यस देशका नागरिकहरू अनुशासित, कर्मशील र सहयोगी हुन आवश्यक हुन्छ । हाम्रो समाजमा अहिले राजनीतिक परिवर्तन, सामाजिक, जागरण, संघीयताको अभ्यासजस्ता आयामहरूले समूहगत गुटबन्दी, जातीय चेतना र क्षेत्रीय भूगोलवादको सोच बढेको पाइन्छ । पृथ्वीनारायण शाहले भावनात्मक रूपमा जोडेको चार वर्ण ३६ जातको साझा फूलबारीमा ह्रास आएको अवस्था छ । यसर्थ नेपाली समाजलाई एकसुत्रमा बाँध्नका लागि नागरिक शिक्षाको ज्ञानबाट हाम्रो समाज प्रशिक्षित हुन आवश्यक छ ।

कुनै पनि व्यक्ति अमूक राजनीतिक आस्थाको समर्थक, भौगोलिक क्षेत्रको बासिन्दा वा साम्प्रदायिक समूहको सदस्य हुनुभन्दा पहिले आप्mनो देशको नागरिक भएकोमा गर्व गर्न सक्ने भावनाको विकास गराउन नागरिक शिक्षाको ठूलो भूमिका हुन्छ

समाजका हरेक व्यक्ति, सुमदाय र राज्यका निकायहरूमा आ–आप्mनो अधिकारको जानकारी र कर्तव्यबोध नभएसम्म समाज आदर्श बन्न सक्दैन । आदर्श समाज निर्माणका लागि हरेक व्यक्तिले घर, परिवार, समुदाय र देशप्रतिको आप्mनो कर्तव्य निर्वाह गर्न अनिवार्य हुन्छ । यसो भएमा समाजमा शान्ति र अमनचयन हुन्छ । लोभ तथा कुकर्महरू हराएर जान्छन् । आप्mनो अधिकारको कुरा गर्दा अरूको अधिकारको हेक्काको अनुभूति हुन्छ । सामाजिक न्याय स्थापना हुन्छ । विभेदका सीमाहरू साँघुरिँदै जान्छन् । नीति र नैतिकताका कुराहरूले प्रश्रय पाउँछन् । मावतावादी विचारहरू हुर्कन थाल्छन् । वसुधैव कुटुम्वकम्को चिन्तन मौलाउँछ । समाज अपराधशून्य बन्दै जान्छ । उल्लिखित चिन्तन, आदर्श, नैतिकता र आचरणको स्रोतकेन्द्र नागरिक शिक्षा हो ।
व्यक्ति–व्यक्ति मिलेर समाजको निर्माण हुन्छ । समाजको सामुहिक आश्रयस्थल भनेकै देश हो । नागरिक शिक्षाले हरेक व्यक्तिमा देशप्रतिको माया, इतिहासको गौरवको अनुभूति, सार्वभौमिकता, राष्ट्रियता, स्वदेशीपनको भावनात्मक विकास गराउन भूमिका खेल्छ । कुनै पनि व्यक्ति अमूक राजनीतिक आस्थाको समर्थक, भौगोलिक क्षेत्रको बासिन्दा वा साम्प्रदायिक समूहको सदस्य हुनुभन्दा पहिले ऊ आप्mनो देशको नागरिक भएकोमा गर्व गर्न सक्ने भावनाको विकास गराउन नागरिक शिक्षाको ठूलो भूमिका हुन्छ । यस अर्थमा सिंगो राष्ट्रिय एकता र सामाजिक मेलमिलापको सुत्रको साँघु नागरिक शिक्षा भएकाले यसको ज्ञानबाट समाज वञ्चित हुनुहुँदैन ।

प्रजातान्त्रिक शिक्षा नागरिक शिक्षाको एउटा शाखा हो । यसले मानिसलाई समाजमा सँगै बस्न, सँगै काम गर्न, सबैको हितमा सक्रिय हुन, एकले अर्काको सम्मान गर्न, हरेक जातजाति, भाषा, भाषी समुदायहरूका बीचमा सबैका सामाजिक मूल्य, मान्यता, संस्कृति, चलन र प्रचलनलाई स्वीकार गर्न सक्ने क्षमता र उदार व्यवहारको विकास गराउन मद्दत गर्छ । हाम्रो जस्तो विविधताले भरिएको समाजमा हरेक समुदायका बीचमा आपसी समझदारी र लोकतान्त्रिक व्यवहार सहिष्णुता, उदारतार क्षमाशील भावनाको विकासमा नागरिक शिक्षाको ठूलो महŒव हुन्छ ।
नागरिक शिक्षा राज्यको संरचना, निकाय र यिनीहरूका काम, कर्तव्य र अधिकारहरूको अध्ययनको क्षेत्र पनि हो । अहिले हाम्रो देश नयाँ राजनीतिक संरचनामा प्रवेश गरेको छ । संघीयताअन्तर्गत तीन तहका सरकारको मोडेलको अभ्यासमा मुलुक अगाडि बढ्दै छ । यी निकायहरूको काम, कर्तव्य, अधिकारको बाँडफाँट गरिएको छ । सबै जनताले आप्mनो देशको संविधानप्रदत्त हक, अधिकार र नीति–नियम, कानुन, विधि र विधानहरूको जानकारी राख्न आवश्यक हुन्छ । नागरिक शिक्षा देशको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालगायतका संवैधानिक अंगहरूको काम, कर्तव्य र अधिकारको ज्ञानको क्षेत्र भएकाले यसको ज्ञान हरेक जनतामा हुन आवश्यक हुन्छ ।
अहिले राज्यले कानुनतः समाजमा पछाडि परेका लक्षितवर्ग तथा समूहलाई राज्यको मूल धारमा ल्याउनका लागि संवैधानिक व्यवस्था गरेको छ । यसका लागि राष्ट्रिय महिला आयोग, समावेशी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था र यिनीहरूका काम, कर्तव्य र अधिकारलाई संवैधानमा प्रबन्ध गरिएको छ । संविधानले लोपोन्मुख जातिहरूको शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षालगायतका अधिकारहरूलाई व्यवस्था गरको छ । एकल महिला, अपांगलगायतका नागरिकलाई अधिकार सम्पन्न बनाएको छ । यो लक्षित वर्ग नै राज्यले व्यवस्था गरेका प्रबन्धहरूको जानकारीबाट वञ्चित भएको अवस्था छ । यस अर्थमा राज्यले प्रदान गरेका आफ्ना अधिकार र सुविधाहरूको उपयोग गर्न लक्षित वर्ग र समूहलाई नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित गर्न आवश्यक ठानिन्छ ।

लोकतान्त्रिक समाजमा नागरिक चेतनाको ठूलो महŒव हुन्छ । प्रजातान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा लागू गर्नका लागि हरेक उमेर समूहका नागरिकले लोकतन्त्रका सामूहिक मूल्य र मान्यताको बोध हुन आवश्यक हुन्छ । शैक्षिक चेतनाको विकास नभई सामाजिक रूपान्तरण सम्भव हुँदैन । अझै पनि हाम्रो समाजमा एक तिहाइ जनसंख्या औपचारिक शिक्षाको अवसरबाट वञ्चित भएको अवस्था छ । यस सन्दर्भमा एकातिर शिक्षाबाट वञ्चित समूहलाई नागरिक शिक्षाको विषयवस्तुमा आधारित अनौपचारिक प्रशिक्षण वा तालिमको अवसर प्रदान गर्न आवश्यक छ भने अर्कोतिर नागरिक शिक्षालाई विद्यालय तहदेखि नै पाठ्यक्रम र पाठ्यपुस्तकहरूमा समावेश गर्ने नीति राज्यले लिनुपर्छ ।