भीरबाट लडेर मृत्यु

भोजपुर / रास– भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका–९ हसनपुरमा  भीरबाट लडेर एक जनाको ज्यान गएको छ । सोही वडाको गैरी गाउँ बस्ने ४१ वर्षीया नरबहादुर खपांगी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी पु¥याएर अखुवाटारबाट फर्कने क्रममा तित्रीभन्ज्याङ्को भीरबाट ५० मिटर तल खस्दाको उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । मंगलबार बेलुका भएको घटनाको अनुसन्धान तथा आवश्यक प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली सो क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।