बाटो खन्दा पुराताŒिवक वस्तु भेटियो

कपिलवस्तु / रास– बाटो बनाउने क्रममा कपिलवस्तु नगरपालिका–३ सिद्धार्थ टोलमा पुराताŒिवक संरचना भेटिएको छ । आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ एक्साभेटरले बाटो खन्ने क्रममा इँटाले बनेको पुराताŒिवक संरचना भेटिएको स्थानीय शिक्षक गुनाखर गैरेले बताए । हुमबहादुर कुँवर र मनोज श्रीवास्तवको जग्गामा बाटो बनाउने क्रममा इँटाका संरचनाहरू भेटिएको गैरेले प्रस्ट्याए । फुटेका माटाका घैंटाका टुक्राहरूसमेत भेटिएका छन् । सो संरचना बाटोको पूर्वतर्फ फैलिएको छ । संरचना दिवाल आकारमा रहेका छन् ।

संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ । संरचना भेटिएको विषयमा जानकारी पाएपछि तिलौराकोट उत्खननमा संलग्न पुरातŒवविज्ञहरूको टोलीले समेत सो संरचनाको स्थलगत अनुगमन गरेका छन् । पुरातŒव विभागका प्रमुख पुरातŒव अधिकृत रामबहादुर कुँवरले आफूहरूले सिद्धार्थ टोलमा भेटिएको संरचनाहरूको निरीक्षण गरेको बताए ।