बेननद्वारा ब्राइटवार्टबाट राजीनामा

वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वप्रमुख रणनीतिकार स्टिभ बेननले दक्षिणपन्थी झुकाव भएको समाचार संस्था ब्राइटवार्टको कार्यकारी अध्यक्षबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरबारे विवादास्पद बयान दिएर विवादमा आएका उनले आफूले प्रतिष्ठा हासिल गरेको समाचार संस्थाबाट समेत राजीनामा दिएका हुन् । ट्रम्पबारे आएको नयाँ किताबमा उनले गरेको आलोचनात्मक टिप्पणीले जन्माएको विवादपछि राजीनामा दिएका हुन् ।

सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियानका बेला ट्रम्पका छोराले एक रुसी वकिलसँग न्युयोर्कमा भेटघाट गरेको विषयलाई उनले विश्वासघाती भएको बताएका थिए । ट्रम्पका सबैभन्दा विश्वासिला सहयोगीमध्ये पर्ने उनको पछिल्लो समयमा ट्रम्पबारेको बयानका कारण सम्बन्धसमेत बिग्रिएको छ । ट्रम्पले उनलाई मानसिक सन्तुलन गुमाएको आरोप लगाएका थिए । गत वर्ष उनले ट्रम्पको प्रमुख रणनीतिकारको पदबाट राजीनामा दिएका थिए । गत आइतबार बेननले माइकल वुल्फको पुस्तक ‘फायर एन्ड Ïयुरी’मा आफूले देशद्रोही भनी गरेको टिप्पणी ट्रम्पका छोराप्रति लक्षित नभई ट्रम्पका अर्का सहयोगी पल म्यानफोर्टप्रति लक्षित भएको बताएका थिए ।

उनले सन् २०१२ देखि समाचार संस्था ब्राइटवार्टको कार्यकारी प्रमुखको रूपमा काम गर्दै आएका थिए ।सो वेबसाइटमा राखिएको वक्तव्यमा ब्राइटवार्टका प्रमुख कार्यकारी अधिकृत ल्यारी सोलोभले बेननले कम्पनीलाई पु¥याएको योगदानको प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘स्टिभ हाम्रो विरासतका महŒवपूर्ण हिस्सा हुन् र हामी उनको योगदान एवं हामीलाई यहाँसम्म ल्याउनका लागि गरेको योगदानका लाग  आभारी हुनेछौं ।’