सलमानलाई फेरि तीन सय करोडको सफलता

मुम्बई / एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई फिल्म सुल्तानपछि फेरि स्वदेशी बक्स अफिसमा फिल्म ‘टाइगर जिन्दा है’बाट तीन सय करोडको सफलता मिलेको छ । रिलिज भएको १६औं दिनमा टाइगर जिन्दा हैले भारतबाट तीन सय करोडको व्यावसायिक आँकडा बनाएको हो ।

यो फिल्मले मंगलबारसम्ममा भारतबाट ३ सय ११ करोडको व्यापार गरेको छ । यो फिल्मले ३ सय २० करोड व्यापार भारतीय बजारमा गर्ने सलमानको विश्वास छ ।

आफ्नो फिल्मले भारतमा ३ सय करोडभन्दा माथिको व्यापार गरेकोमा सलमानले खुसी व्यक्त गरेका छन् । यो फिल्ममा सलमान र कैटरिना कैफको मुख्य भूमिका छ । टाइगर जिन्दा हैको सफलतापछि सलमान यतिबेला अर्को फिल्म रेस–३ को छायांकन तयारीमा छन् ।