जावलाखेल र बुटवलमा प्रोजेक्ट वानको कन्सर्ट

काठमाडौं/ रास– नयाँ ब्यान्ड ‘प्रोजेक्ट वान’ले ललितपुरको जावलाखेलमा आगामी २७ माघमा र बुटबलमा १३ माघमा कन्सर्ट गर्ने भएको छ । ‘फेरि उठ्नेछ नेपाल’ शीर्षकको तेस्रो संस्करणअनुसार यो कन्सर्ट गर्न लागिएको हो ।

 कन्सर्टमा ब्यान्डले ‘फेरि उठ्नेछ नेपाल’ सहित नयाँ एल्बमका गीत र आफ्ना पुराना गीत दर्शकमाझ प्रस्तुत गर्नेछ । ब्यान्डवागन बाई पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले आफ्नो तर्फबाट कन्सर्टलाई नेपालकै भव्य कन्सर्टका रूपमा चिनाउन तयारी भइरहेको बताए ।

ब्यान्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्वलिड गिटारिस्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स ब्यान्डका पूर्वलिड गितारिस्ट तथा टम्बलबिड र श्री ३ का शरद श्रेष्ठ, अभया एन्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर छन् ।

यस्तै सो ब्याण्डमा वशिष्टमा मुक्ति एन्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्वड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।