सुपर मोडल नेपालमा ४७ प्रतिस्पर्धी

काठमाडौं / रास– दोस्रो संस्करणको ‘द सुपर मोडल नेपाल–२०१८’को अन्तिम प्रतिस्पर्धाका लागि ४७ जना युवतीहरू चयन भएका छन् । प्यासिफिक इभेन्ट एन्ड म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताका प्रतियोगीहरू यतिबेला क्याटवाक, व्यक्तित्व विकाससहित विभिन्न प्रशिक्षणमा व्यस्त रहेको आयोजक फुपु तेन्जिङ शेर्पाले जानकारी गराए ।

अहिले उनीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले विभिन्न प्रशिक्षण दिइरहेका छन् । प्रतिस्पर्धीहरूबीच  ‘फोटोजेनिक’ उपाधिका लागि फोटो सेसन सम्पन्न भइसकेको पनि उनले बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी ५ माघमा राजधानीको जमलस्थित नाचघरमा हुनेछ ।  एक जनाले सन् २०१८ को ‘द सुपर मोडल नेपाल’को उपाधि जित्ने पनि आयोजक संस्थाका अध्यक्ष शेर्पाले बताए ।