नेता माझीको निधन

राजविराज / रास– कांग्रेसका पुराना नेता राजविराज–३ का शशीकुमार माझीको निधन भएको छ । ५८ वर्षीय माझीको भारतको दरभंगास्थित पारस अस्पतालमा बिहीबार बिहान ४ बजे निधन भएको हो । केही दिनयता मिर्गौला रोगबाट उनी  पीडित थिए ।