पाकिस्तानमा प्रदर्शन

इस्लामाबाद / एजेन्सी– पाकिस्तानका सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन भएको छ ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार पन्जाव प्रान्तकी बासिन्दा सात वर्षीया जाइनाबलाई गत ५ जनवरीमा ट्युसन पढ्न गइरहेको बेला अपराह्न एक शंकास्पद व्यक्तिले अपहरण गरेको थियो ।

बालिकालाई अपहरण गरेको दृश्य सीसीटीभीको फुटेजबाट पत्ता लागेको थियो । त्यसपछि उनको शव उनलाई अपहरण गरिएको स्थानबाट एक माइल टाढा चार दिनपछि भेटिएको थियो । उनको शव फोहोरको कन्टेनरमा भेटिएको थियो । त्यसपछि उक्त घट्नाको विरोधमा पन्जावमा आन्दोलन भएको थियो ।