पुतलीको अस्तित्व २० करोड वर्षअघि

बर्लिन / एजेन्सी– संसारमा २० करोड वर्षअघि पुतली अस्तित्वमा रहेको पाइएको छ । नयाँ प्रमाणहरूले विगतमा वैज्ञानिकहरूले अनुमान गरेभन्दा ७ करोड वर्षअघिदेखि नै पुतली अस्तित्वमा रहेको देखिएको हो ।

जर्मनीको चट्टानमा वैज्ञानिकहरूले धूलोको कणको आकारको पुतलीको जीवास्मा फेला पारेपछि यो तथ्य बाहिर आएको हो ।यसबाट पुतलीको उत्पत्ति भएको भनिएको समयपछि अनुमान गरेको भन्दा अघि नै रहेको स्पष्ट भएको वैज्ञानिकहरूको भनाइ छ । पुतलीको प्रारम्भिक अवस्थाबारे अध्ययन गरेर उनीहरूका संरक्षणबारे थप ज्ञान हासिल हुन सक्ने बताइएको छ ।

प्राचीन सो चट्टानमा फेला परेका पुतलीका पखेटाहरूको सूक्ष्म जीवास्माको अध्ययनपछि पुतलीको उत्पत्तिबारे नयाँ निष्कर्ष सार्वजनिक गरिएको हो ।

‘साइन्स एड्भान्सेज’ जर्नलमा प्रकाशित निष्कर्षमा पुतलीहरू कसरी अन्टार्टिका महादेशबाहेक सर्वत्र पुग्न सफल भए भन्नेबारे जानकारीहरू समेटिएको छ । वैज्ञानिकहरूले पछिल्लो खोजले पुतलीहरू सुरुवाती चरणका डाइनोसरहरूसँगै पृथ्वीमा अस्तित्वमा आएको र डाइनोसर लोप हुँदासमेत पुतलीहरू बाँच्न सफल भएको पुष्टि भएको छ ।

यो अध्ययनले वासस्थान लोप हुने र जलवायु परिवर्तनजस्ता आधुनिक चुनौती पुतलीहरूले कसरी खप्न सक्छन् भन्नेबारे थप अध्ययन गर्न मद्दत पु¥याउने वैज्ञानिकहरूको विश्वास छ ।