मेक्सिकोको सीमामा पर्खाल लगाउनुपर्छ : ट्रम्प

वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आÏनो पुरानो कार्यक्रम यथावत रहेको बताएका छन् ।

उनले हाल रिपब्लिकन र डोमोक्रेटहरूबीच भइरहेको वार्तामा पनि आÏनो यो एजेन्डालाई कानुनकै रूपमा राख्न निर्देशन दिएका छन् । हाल आप्रवासनसम्बन्धी वार्ता भइरहेको छ ।

सो आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रूपमा नै राख्न उनले आग्रह गरेका हुन् । गत मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका एक जना अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महŒवपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको संकेत गरेका थिए ।

उनको सो प्रतिक्रियापछि बुधबार मात्र राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा लगाउने पर्खालबारे आÏनो कार्यक्रममा रहेको र सो कार्यक्रम आÏनो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिएका हुन् । यसअघि केही अवैध आप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्तावमा अदालतले अंकुश लगाइदिएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी न्यायप्रणाली कमजोर र अनुचित भएको टिप्पणी गरेका थिए ।

उनले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्नुपर्ने भनी बनाइएको प्रस्तावमा कैयौं पटकसम्म सरकारी तथा अदालती झमेला खेप्नुपरेको छ । त्यस्तै, उनले मेक्सिकोको सीमा क्षेत्रमा लगाउने भनेको पर्खालको विषयमा पनि विभिन्न प्रकारका टिप्पणी आउने गरेका छन् । सीमा क्षेत्रमा पर्खाल लगाउने कुरा असम्भव रहेको भन्दै ट्रम्पको विरोध हुने गरेको छ ।

तर पनि त्यस विषयमा राष्ट्रपति ट्रम्प भने अडिग रहेका छन् । उनले सो कार्यक्रम आÏनो राष्ट्रपतिको निर्वाचनकै एजेन्डा भएकाले सो कार्य पूरा गरेरै छाड्ने बताएका छन् ।

‘कोरियाली वार्ताले राम्रो ऊर्जा प्राप्त’

यसैबीच, राष्ट्रपति ट्रम्पले मंगलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो ऊर्जा दिएको बताएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् ।

उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहाद्र्ध रूपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका छन् । विगत लामो समयदेखि नै शत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि मंगलबार पहिलोपटक उच्चस्तरमा औपचारिक वार्ता भएको हो ।

यो वार्तापछि वातावरण निर्माण भएकाले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका छन् । मंगलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आÏना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ । दुई वर्षपछि भएको भए पनि वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ ।

‘सो वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि सो वार्तामा नयाँ विषयवस्तुहरूले प्रवेश पाएका छन्,’ ह्वाइटहाउसमा आयोजना गरिएको नर्वेजियन प्रधानमन्त्रीसहितको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘कोरियाली प्रायद्वीपमा जारी रहेको द्वन्द्वको शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता नै हो ।’

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले पनि आफू उत्तर कोरियाली नेतासँग भेटेर कोरियाको आन्तरिक विषयमा वार्ता गर्न तयार रहेको बताएका थिए । राष्ट्रपति इनले हाल कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधानका लागि तथा दुई कोरियाबीचको सम्बन्धमा सुधारका लागि भेटघाट र वार्ताका लागि तयार रहेको बताएका हुन् ।