कबड्डीमा आर्मी च्याम्पियनसिप

सुदीप अधिकारी / बर्दिया

राखेप च्याम्पियनसिपअन्तर्गतको कबड्डी प्रतियोगितामा त्रिभुुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।  कबड्डीमा पुरुष र महिला दुवैमा आर्मी च्याम्पियन बन्न सफल भएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका, सिंहवाहिनी खेल मैदानमा बिहीबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चललाई ३९–२५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।

यसैगरी, महिलातर्फको कबड्डी च्याम्पियनसिपको उपाधि पनि त्रिभुवन आर्मीले हात पारेको छ । महिलातर्फको फाइनल खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चललाई ३९–२२ ले पराजत गर्दै उपाधि जित्न सफल भएको हो ।

पुरुषतर्फ त्रिभुवन आर्मीका नागेश्वर थारू र महिलातर्फ आर्मीकै मेनुका राजवंशी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीहरूलले नगद १५÷१५ हजार प्राप्त गरे ।