एपीएफ च्याम्पियन

राजधानी समाचारदाता / काठमाडौं

विभागीय नेपाल एपीएफ क्लब  राखेप  च्याम्पियनसिप अन्तर्गतको १६औं राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन  बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

प्रतियोगिताको लिग तथा सुपर लिगमा अपराजित रहन सफल भयो । लिग चरणमा पनि अपराजित एपीएफले सुपर लिगमा ९ अंक जोड्यो । एपीएफलाई उपाधि दिलाउन सावित्रा भण्डारीले २ तथा सरु लिम्बूले एक गोल गरे । पुलिसकी रूपा राना मगरले १ गोल फर्काइन् ।

एपीएफले १७औं मिनेटमा सावित्राको गोलबाट सुरुवाती अग्रता बनायो । रेनुका नगरकोटीको फ्रिकिकलाई पुलिसका गोलरक्षक सुस्मिता ठकुरीले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई सावित्राले गोलमा परिणत गरेकी थिइन् । त्यसको २ मिनेटपछि नै सरु लिम्बूले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

३४औं मिनेटमा रूपा राना मगरले गोल गर्दै खेललाई २ को स्थितिमा ल्याएका थिए । पहिलो हाफमा २–१ को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा १ गोल गर्दै जित पक्का ग¥यो । सावित्राले ७५औं मिनेटमा गोल गरिन् ।

उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले १ लाख प्राप्त ग¥यो । आर्मीले बिहीबार सुदूरपश्चिमलाई ७–० ले हराएको थियो । नेपाल पुलिसले तेस्रो बन्दै ५० हजार प्राप्त ग¥यो । लिगको पुछारमा सुदूरपश्चिम रह्यो ।

एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, आर्मीकी दीपा राई उत्कृष्ट मिडफिल्डर र आर्मीकी अन्जली वाइबा उत्कृष्ट डिफेन्डर चुनिए । एपीएफकी एञ्जिला थुम्बाप्पो सुब्बा उत्कृष्ट गोलरक्षक र एपीएफका जनक सिंह उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट बनेका सबैले समान २५–२५ हजार नगद

प्राप्त गरे । विजयी टोली तथा खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी (राजन), एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवर, महिला कमिटीका अध्यक्ष कल्पनापिया श्रेष्ठले पुरस्कृत गरे ।१५ पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित पाँच विकास क्षेत्रको सहभागिता रहेको थियो ।