यी हुन् आजका मन्त्रिपरिषद बैठकका निर्णय, १६ जना सहिद घोषित

काठमाडौं, २८ पुस । सरकारले २८ वर्षअघि छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको हो ।

भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

-धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका  १६ जनालाई सहिद घोषणा गर्ने ।

-विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने ।

-न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने ।

-२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने ।

-उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने ।

-प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने ।

-सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने ।