संस्कृति बचाउन भजन प्रतियोगिता

नुवाकोट / रास– लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि नुवाकोटमा सञ्चालित बालन÷भजन प्रतियोगिताको उपाधि पञ्चकन्या सांस्कृतिक समूह बेलकोटगढीले जितेको छ ।

राष्ट्रिय एकता दिवसको अवसरमा बसीबियालो नुवाकोटले आयोजना गरेको जिल्लाव्यापी प्रतियोगितामा पञ्चकन्या सांस्कृतिक समूहले १५ हजार रुपैयाँसहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा नुवाकोटका विभिन्न क्षेत्रबाट ६ वटा भजन समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा बाघभैरम भजन समूह र भैरमकोट दोस्रो तथा कालिका भवन मण्डली हर्कपुर तेस्रो भए  । दोस्रो र तेस्रो हुनेले पुरस्कारसहित क्रमशः १० हजार र ५ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा राधाकृष्ण भजन समूह गेर्खुले सान्त्वना स्थान ग¥यो । विजयी समूहलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालले पुरस्कार प्रदान गरे ।