महँगिँदै आधुनिक बैंकिङ सेवा

कमला अर्याल / काठमाडौं

नेपालको बैंकिङ क्षेत्रमा आधुनिक बैंकिङ प्रणालीको सुरुवात निजी क्षेत्रको बैंक नबिल बैंकको स्थापना भएपछि भएको हो । हुन त नेपालको पहिलो बैंक नेपाल बैंकको विसं १९९४ मा भएको स्थापनाले आधुनिक बैंकको अवधारणाको विकास गर्न धेरै ठूलो सहयोग मिल्यो । नबिल बैंकको स्थापनासँगै बैंकिङ क्षेत्रमा आधुनिक प्रविधि भिœयाउने बैंकहरूको लहर नै चल्यो । हालसम्म आइपुग्दा बैंकिङ क्षेत्रले आधुनिक प्रविधिमा धेरै ठूलो फड्को मारिसकेको छ । बैंकिङ प्रणालीमा जति आधुनिक प्रविधि भित्रिएको छ, त्यति नै सेवा सुविधा तथा शुल्कमा पनि वृद्धि भएको छ । बैंकका प्रयोगकर्ता बैंकको चर्काे सेवा शुल्कको भार थेग्न बाध्य छन् । प्रविधिको जमाना भएकाले अधिकांश बैंकहरूले आधुनिक बैंकिङ सेवा सुरु गरिसकेका छन् । जतिजति बैंकिङ क्षेत्रमा आधुनिकताले प्रवेश पाएको छ, त्यतित्यति बैंकिङ सेवा पनि महँगिदै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न सेवा शुल्क भन्दै चर्काे शुल्क उठाइरहेका छन् । बैंकहरूले एटीएम कार्डमा विभिन्न समयमा परिवर्तन गर्दै महँगो शुल्क असुल्ने गरेका छन् । भने बैंकका अन्य आधुनिक सेवाको पनि उस्तै मूल्य तिर्नुपर्ने बाध्यता छ । सानिमा बैंकले दुई वर्षको चिप भिजा कार्डको शुल्क ७५० लिने गर्छ ।

कृषि विकास बैंकको त्यस्तो कार्ड प्रयोग गरे बापत चार वर्षमा १ हजार रुपैयाँ तिर्नुपर्छ । यस आधारमा वार्षिक रूपमा कृषि विकास बैंकले २५० रुपैयाँ शुल्क निर्धारण गरेको छ । बैंकहरूले समय समयमा यस्तो कार्डको शुल्क पनि परिवर्तन गर्ने गरेका छन् । प्रायः वाणिज्य बैंकहरूले पनि त्यसैको हाराहारीमा स्मार्ट भिजा कार्डको शुल्क काट्ने गर्छन् । तर बैंकहरूले यस्तो शुल्क लिए पनि नियन्त्रण गर्ने कुनै कानुनी व्यवस्था भने छैन । बैंकहरूले आफ्नो इच्छाअनुसार त्यस्तो कार्डको शुल्क निर्धारण गर्न पाउँछन् । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘आधुनिक बैंकिङ सेवा प्रयोग गर्दा बैंक आफैंले सेवा शुल्क तोक्न पाउँछन् ।’ आधुनिक बैंकिङ प्रयोगको शुल्क फरकफरक भए पनि ग्राहकले अर्काे बैंक छान्न सक्ने सहायक प्रवक्ता पण्डितको भनाइ थियो । उनले भने,

‘त्यसका लागि खासै क्राइट एरिया नै छैन ।’ त्यसका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, भर्चुअल बैंकिङ, मेसिन बैंकिङ, बैंकिङ रियलटाइम ग्रस सेटलमेन्टलगायतका थुप्रै आधुनिक बैंकिङ प्रणालीका कारण पनि बैंकिङ सेवाहरू महँगिँदै गएका छन् । तर बैंकहरू भने यो कुरा मान्न तयार छैनन् । मोबाइल बैंकिङको वार्षिक रूपमा ग्राहकले २ सय रुपैयाँ तिर्नुपर्छ । इन्टरनेट बैंकिङको पनि वार्षिक रूपमा २ सय सयको हाराहारीमा तिर्नुपर्छ । बैंकका कुनै कुनै सेवाबाहेक सबैको शुल्क ग्राहकले अनिवार्य रूपमा तिर्नुपर्ने हुन्छ । यस आधारमा हेर्ने हो भने वर्षमा एउटा ग्राहकले १२ देखि १५ सयको हाराहारीमा आधुनिक बैंकिङ सेवा प्रयोग गरे बापत शुल्क तिर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दिएको सेवाको आधारमा मात्र शुल्क लिएको बैंकर्सको दाबी छ । शुल्कअनुसारको अत्यन्तै सजिलो बैंकिङ सेवा प्रदान गरेको बैंकर्स बताउँछन् । बैंकर्स संघका कार्यबाहक अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘शुल्क बढेअनुसार सेवा पनि त बढेको छ ।’

शुल्कलाई मात्र हेरेर मूल्यांकलन गर्न नहुने भन्दै अहिले बैंकिङ सेवा पहिलेको तुलनामा सहज र सर्वसुलभ भएको कार्यबाहक अध्यक्ष ढुंगानाको भनाइ छ । ‘यदि बैंकिङ सेवा महँगो भयो भने ग्राहकले २८ वटा बैंकमध्ये जुन बैंक पनि रोज्न सक्छन्,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले राजधानीसँग भने । जुन बैंकको सेवा शुल्क सस्तो छ, ग्राहकले त्यस बैंकलाई छनोट गर्न सक्ने उनले बताए । समग्रमा आधुनिक बैंकिङ सेवा त्यति महँगो नभएको ढुंगानाले बताए ।

के हो आधुनिक बैंकिङ ?

सर्वसाधारणाका आर्थिक कारोबारसम्बन्धी हरेक आवश्यकतालाई बैंकिङ क्षेत्रले परिपूर्ति गर्दै आएको छ । बैंकिङ बस्तुहरूको वितरणमा आधुनिक प्रविधिको आबद्धता हुनु नै आधुनिक बैंकिङ हो भन्न सकिन्छ । आधुनिक बैंकिङ सेवा त्यस्तो बैंकिङ हो, जसमा सूचना प्रविधिका माध्यमबाट सिधै प्रयोगकर्ता समक्ष पु¥याइन्छ र उनीहरूलाई आर्थिक कारोबारमा संलग्न गराइन्छ । आधुनिक बैंकिङ प्रणालीमा प्रायोगकर्ताहरूले आधुनिक बैंकिङ सेवाका माध्यमबाट आफ्ना आर्थिकसम्बन्धी आवश्यकताहरू पूरा गर्छन् । आधुनिक बैंकिङ सेवामा शाखारहित बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, भर्चुअल बैंकिङ सेवा, मेसिन बैंकिङलगायतका विभिन्न सेवाहरू पर्दछन् ।

शाखारहित बैंकिङ

शाखारहित बैंकिङ आधुनिक बैंकिङको एउटा अत्यन्तै महŒवपूर्ण भाग हो । यो बैंकिङ सेवा शाखा बैंकिङ सेवाको ठीक उल्टो हो । यस्तो बैंकिङ सेवामा बैंकले निश्चित व्यक्ति वा संस्थाका माध्मबाट सीमित बैंकिङ कारोबार गर्ने काम गर्छ । यस्तो बैंकिङ प्रणालीमा बैंकले तोकेको निश्चित सीमाभित्र रहेर त्यस्तो व्यक्ति वा संस्थाले निक्षेप भुक्तानी तथा निक्षेप संकलन गर्ने काम गर्नुपर्छ । शाखारहित बैंकिङ प्रणालीका माध्यमबाट विभिन्न शीर्षकमा हुने खर्च घटाउन सहयोग पुग्ने गर्छ । शाखारहित बैंकिङ सेवाले हरेक व्यक्तिको घरघरमा बैंकिङ सेवा पु¥याउन सहयोग गर्दछ । यस्तो बैंकिङ सेवाको प्रयोगबाट आम जनताले घर दैलोमै बैंकिङ कारोबार गर्न पाउँछन् ।

इन्टरनेट बैंकिङ

इन्टरनेटको माध्यमाबाट गरिने बैंकिङ कारोबारलाई इन्टरनेट बैंकिङ सेवा भनिन्छ । यस बैंकिङ प्रणालीबाट सेवाप्रदायक बैंकको डाटाबेसमा पहुँच राख्छ । यसबाट ग्राहकले बैंकले उपलब्ध गराएका सेवाहरू उपयोग गर्ने गर्छन् । यस प्रणालीमा भैतिक रूपमा बैंकमा उपस्थित नभई बैंकिङ सेवा प्राप्त गर्न सकिन्छ । यस बैंकिङ प्रणालीबाट खाता खोल्न, बन्द गर्न, खाताको स्टेटमेन्ट अनुरोध गर्न खाता रोक्का तथा फुकुवा गर्न, सिक्नेचर परिवर्तनको जानकारी दिन, खातको रकम ट्रान्सफर गर्न, कर्जा माग तथा भुक्तानी गर्नेलगायतका थुप्रै बैंकिङ सेवाहरू प्राप्त गर्न सकिन्छ ।

मोबाइल बैंकिङ

मोबाइल फोनको समार्ट मोबाइल फोनको स्मार्ट डिभाइजको माध्यमबाट बैंकले उपलब्ध गराउने सेवाहरू उपपयोग गर्ने विधि नै मोबाइल बैंकिङ सेवा हो । यस्तो सेवाका लागि बैंकले मोबाइल एप्लिकेसन तयार गरेको हुन्छ । सो एप्लिकेसनबाट ग्राहकमाझ विभिन्न बैंकिङ सेवा पु¥याइन्छ । यस बैंकिङ प्रणालीकाट ग्राहकको खाताको विवरण, निक्षेप संकलन तथा भुक्तानीको सूचना, भुक्तानी अनुरोध, सानो आकारको बिल भुक्तानी र सानासाना भुक्तानीहरू मोबाइल बैंकिङ सेवाबाट प्राप्त गर्न सकिन्छ ।

एसएमएस बैंकिङ

आधुनिक बैंकिङ प्रणालीमा जडान गरेको स्वचालित प्रणालीबाट ग्राहकहरूको बैंकिङ गतिविधिलाई सर्ट म्यासेज टेक्सका माध्यमकाबाट ग्राहकले तोकेको मोबाइलमा म्यासेज पठाउने बैंकिङ कार्य नै एसएमएस बैंकिङ हो । यस सेवाको माध्यमबाट ग्राहकले आफ्नो कारोबारको विवरण आफ्नो मोबाइलमा प्रात्प गर्ने गर्दछन् । यसबाट ग्राहकले आफ्नो कारोबारको शुद्धताका बारेमा जानकारी प्रप्त गर्न सक्छन् ।

भर्चुअल बैंकिङ

तोकिएको स्थान र तोकिएको प्रविधिभन्दा फरक तरिकाले बैंकिङ सेवा प्रदान गर्ने पद्धतिलाई भर्चुअल बैंकिङ भनिन्छ । ग्राहकले हिँड्दा हिँड्दै, कार्यालयमा काम गर्दा गर्दै, मिटिङ वा सेमिनारमा सहभागी हुँदा हुँदै आफ्नो बैंकिङ कारोबार गर्न सक्छन् । विशेष स्थानमा उपस्थित नभई र तोकेको पद्धति उपयोग नगरी आर्थिक कारोबार गर्ने वा आर्थिक कारोबारको जानकारी लिने विधि नै भर्चुअल बैंकिङ हो । हाल यस प्रकारको बैंकिङ प्रणालीको बैंकिङको ज्यादै विकास भएको छ । यस बैंकिङ सेवाको परिभाषामा निड टु ह्याभ बाट नाइस टु ह्याब परिवर्तन गरेको छ ।

मेसिन बैंकिङ

विभिन्न स्थानमा राखिएका अत्याधुनिक स्वचालित मेसिनबाट हुने बैंकिङ कारोबार नै मेसिन बैंकिङ हो । बैंकद्वारा प्रदान गरिएको कार्ड मात्र पढ्न सक्ने मेसिनबाट यो सेवा गर्न सकिन्छ । यस्तो मेसिनमा रकम जम्मा गर्न, रकम झिक्न, खाताको विवरण प्राप्त गर्न सकिन्छ । यस्तो मेसिन ग्राहकको सजिलै पहुँच हुने स्थानमा जडान गरिएको हुन्छ र त्यस्तो मेसिन चौबीसै घण्टा सञ्चालनमा रहेको हुन्छ । यो मेसिनको प्रयोगले पैसा ओसार पसारमा सजिलो बनाएको छ । यो मेसिनको प्रयोग गर्न गोप्य रूपमा दिइएको पासवर्ड प्रयोग गर्नुपर्छ । हाल बैंकिङ बजारमा चिप्स जडित उच्च प्रविधियुक्त कार्डको प्रयोग बड्दै गइरहेको छ । यो प्रविधिलाई बढी सुरक्षित र सहज  प्रविधि मानिन्छ ।

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)

यो भुक्तानी प्रणाली हो । जसका माध्यमबाट ग्राहकलाई बैंकसम्म पुग्नुपर्दैन भने आफ्नो खाताको रकमअनुसार अन्य खातामा रकम सार्न सकिन्छ । आरटीजीएसका लागि भने खास प्रकारको कम्प्युटर सफ्टवेयर आवश्यक पर्छ ।

इमिडेट पेमेन्ट सर्भिस

यो सर्भिस पनि आरटीजीएसजस्तै भुक्तानी प्रणाली हो । मोबाइल फोनको माध्ययमबाट कुनै एक बैंकमा रहेको खाताबाट अर्काे बैंकमा रहेको खातामा फन्ट ट्रान्सफर गर्न प्रयोग गरिने इलेक्टा«ेनिक सिस्टमलाई आईपीएस भनिन्छ । भारमा यस प्रविधिको प्रयोग गरी फन्ड ट्रान्सफर गर्ने गरिन्छ । यो प्रविधिको प्रयोग गरी गरिने बैंकिङ कारोबारमा ग्राहकले सेवा प्रदायकलाई निश्चित शुल्क भने तिर्नुपर्ने हुन्छ ।

आधुनिक बैंकिङ प्रणालीका फाइदाहरू

आधुनिक बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरूले विभिन्न खालका फाइदाहरू पनि लिन सक्छन् । जसमा ग्राहक सेवामा अभिवृद्धि, लागतमा भारी कटौती, सेवाको गुणस्तरमा वृद्धि, सञ्चालन नाफामा वृद्धि, पारदर्शितामा वृद्धि, कारोबारको लेखांकन, विस्तारित बैंकिङ सेवा, वित्तीय समावेशिता, अभौतिकीकरण तथा मुद्रा निर्मलीकरणलगायतका फाइदाहरू रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको संख्या

हाल नेपालमा २८ वाणिज्य बैंक, ४० विकास बैंक, २८ वित्त कम्पनी, ५३ लघुवित्तीय संस्था गरी कुल १ सय ४९ बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । जसका ५ हजार ६८ वटाभन्दा बढी शाखा कार्यालयहरू सञ्चालमा रहेका छन् ।

बैंकिº क्षेत्रमा आधुनिकताको प्रवेशस“गै यस्को सेवा मह“गि“दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न सेवा शुल्क भन्दै चर्काे शुल्क उठाउने कार्यलाई प्रश्रय दिइरहेका छन् । बैंकहरूले एटीएम कार्डको सेवालाई विभिन्न समयमा परिवर्तन गर्दै मह“गो शुल्क असुल्ने गरेका छन् भने बैंकका अन्य आधुनिक सेवाको पनि उस्तै मूल्य तिर्नुपर्ने बाध्यता आम नागरिकसमक्ष छ

 आधुनिक बैंकिङ प्रणालीलाई हुन्डीको चुनौती

रेमिट्यान्सलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । यसैको भरमा नेपाली अर्थतन्त्र टिकेको छ । रेमिट्यान्सबाट देशलाई वैदेशिक मुद्रा प्राप्त हुन्छ । विभिन्न वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रा आवश्यक पर्छ । व्यापार घाटालाई मिलान गर्न विदेशी मुद्राले ठूलो सहयोग गरेको हुन्छ । रेमिट्यान्सको अधिकांश पैसा अनुत्पादक क्षेत्रमा खर्च भएको देखिएको छ । सामान्य घरयासी खर्चमा मात्रै खर्च भइरहेको छ । नेपालमा अहिले दाल चामलबाहेक, शिक्षा, स्वास्थ्यमा रेमिट्यान्सको रकम खर्च भइरहेको छ । हाम्रो अर्थतन्त्रलाई पनि यसैले चलायमान बनाइरहेको छ । तर यही रेमिट्यान्स वैधानिक च्यानलबाट नआएर अधिकांश अवैधानिक च्यानबाट नेपाल भित्रिने गर्छ । जसको असर बैंकिङ प्रणालीमा पर्न जान्छ । आजभोलि आधुनिक बैंकिङका कारण घरदैलोमा देश विदेशबाट रेमिट्यान्स भिœयाउन सक्ने अवस्था छ तर यथार्थमा यस्तो हुन सकिरहेको छैन । रेमिट्यान्स औपचारिक र अनौपचारिक दुवै माध्यमबाट नेपाल भित्रिने गर्छ । बैंकिङ च्यानलबाट नभई अन्य च्यानलबाट वा अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डीलाई गैरकानुनी मानिएको छ । तर पनि यसको कारोबार रोकिएको छैन । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो हुन्डीको कारोबार हुने गरेको छ । हुन्डी कारोबारलाई निरुत्साहित गर्दा गर्दै पनि रोकिन नसकेकाले आधुनिक बैंकिङ प्रणालीका लागि पनि यो ठूलो चुनौती बनेको छ । यस्तो हुन्डीको कारोबारमार्फत यसका एजेन्टहरूले केही मात्रामा कमिसन प्राप्त गर्छन् । यो कारबोर सुरक्षाका दृष्टिकोणले सुरक्षित हुँदैन । हुन्डीको कारोबार विश्वासको आधारमा मात्रै गरिने कारोबार हो । बैंकमा पनि जानु नपर्ने, घर दैलोमै पैसा आइपुग्ने भएकाले सर्वसाधारण जो बैंकको पहँुचभन्दा टाढा छन्, नजिक भएर पनि जोसँग बैंकको बैंकिङ कारोबारसम्बन्धी ज्ञान कम छ, त्यस्ता व्यक्तिहरूले हुन्डीमार्फत बढी मात्रामा कारोबार गर्ने गर्छन् । जुन वैधानिक होइन । हुन्डीको माध्यमबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदा भन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झटसमेत नहुने भएकाले पनि हुन्डीप्रति सर्वसाधारणको आकर्षण बढेको हो । हुन्डी रेमिट्यान्स नै भए पनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजस्वसमेत घटाउने गर्छ । यसरी अवैध रूपमा भित्रिएको हुन्डीको अनुसन्धान नहुने भएकाले अर्बौं रुपैयाँ कालो धन भित्रिएको अनुमान गरिएको छ । यसका साथै सुनको तस्करी पनि बढेको छ । त्यस्तै, आतंकवादी क्रियाकलापको धन पनि हुन्डीबाटै एक देशबाट अर्काे देशमा पुग्ने गरेका तथ्यांकहरू सार्वजनिक भएका छन् ।

आस्वा प्रणालीले आधुनिक बैंकिङमा सहज

धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँट नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमति प्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमति प्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरूले धितोपत्र बोर्डले तोकेबमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने व्यवस्था आस्वाअन्तर्गत पर्दछ । आस्वा पनि आधुनिक बैंकिङ प्रणालीको अत्यन्तै महŒवपूर्ण पक्ष हो । आस्वाको सहायताबाट सेयरको बारोबार गर्न सेयरवाला लगानीकर्तालाई अन्त कतै जानुपर्ने अवस्था हुँदैन । घरमै बसीबसी पनि सेयरको कारोबार गर्न सक्ने अवस्था सिर्जना भएको छ । आस्वाअन्तर्गत सेवाग्राहीले अनलाइन बैंकिंङ सुविधा लिएर यो प्रणालीबाट घरमा बसीबसी सेयर आवेदन गर्न सक्नेछन् । आस्वामा अनलाइनबाट सेयर आवेदन गरेपछि बैंकले बैंक खाता धनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारीसहितको डिजिटल कागजात उपलब्ध गराउँछ । यसबाट सेयरका लगानीकर्तालाई धेरै फाइदा भएको छ ।

आधुनिक बैंकिङ प्रणालीले बचत गर्ने बानीमा विकास

पछिल्लो समय आधुनिक बैंकिङको प्रयोगसँगै आम मानिसमा खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी खर्च गर्ने बानीको विकास भएको छ । सरकारले हरेक नेपालीको बैंक खाता हुनुपर्ने अवधारणा अघि सारेपछि अधिकांश नेपालीले बैंक खाता खोल्ने तथा बचत गर्ने बानीको विकास भएको छ । वित्तीय साक्षरताका कारण पैसाले कसरी, कति र के काम गर्छ भन्ने बुझ्न सक्ने भएपछि आम मानिसहरू बचत गर्नेतर्फ आकर्षित हुन थालेका हुन् । नियमित रूपमा बचत गर्ने व्यक्ति वित्तीय रूपमा सफल व्यक्ति हो । आधुनिक बैंकिङ सहायताका कारण सर्वसाधारणहरू बैंक खाता तथा बचत गर्नेतर्फ आकर्षित भएका हुन् ।

विवाह, व्रतबन्ध, घरगाडी खरिद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका लागि बचत गर्नुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्याएर मात्रै खर्च गर्नुपर्छ । बैंक खाता खोलेर बचत राख्नुपर्छ । साथै लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्छ । लगानी गर्नु अगाडि विस्तृत छलफल गरेर मात्रै निर्णय लिन सक्नुपर्छ । अवकाशपछिको समय तथा बच्चाको शिक्षा र अन्य खर्चका लागि पनि बचत गर्नु अनिवार्य हुन्छ । जसले जीवनलाई समुन्नत बनाउँछ । नेपालमा आधुनिक बैंकिङ

सेवाको सुरुवात हुनुअघि मानिसहरू सिरानीमा पैसा राख्ने गर्थे । तर आज समय धेरै परिवर्तन भएको छ । आधुनिक बैंकिङ माध्यमबाट घरमै बसीबसी पैसा तथा सेयरको कारोबार गर्न सक्ने अवस्थाको विकास भएको छ ।