प्राइमले २७ प्रतिशत बोनस दिने

काठमाडौं / रास– प्राइम कमर्सियल बैंकको २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको १०औं वार्षिक साधारण सभाले बोनस दिने निर्णय गरेको हो ।

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी , शिक्षाविद एवं व्यावसायिक व्यक्तिबाट प्रवद्र्धित बैंकको सभाले सर्वसाधारण समूहबाट सञ्चालकमा गजेन्द्र बिष्टलाई निर्वाचित गरेको छ । बैंकले आगामी दिनमा पनि बैंकको सेवा र शाखाहरूको सञ्जाल विस्तार गर्दै लाने प्रतिबद्धता व्यक्त गरेको छ ।