डिप्रोक्सको १६औं साधारण सभा

काठमाडौं / रास– डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष दीपक खनालले सञ्चालक समितिको तर्पmबाट आव २०७३÷७४ को वार्षिक प्रतिवेदन पेस गर्दै सो प्रतिवेदन उपर सेयरधनीले राखेका राय सुझाव तथा जिज्ञासाको जवाफ दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत अमराज खड्काले स्वागत मन्तव्य व्यक्त गरे ।

आव २०७३÷७४ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र १६ प्रतिशत बोनस सेयर वितरणा गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट सर्वसाधारणा समूहको सेयरधनीको तर्फबाट डा. भृगुऋषि दवाडी, रिता पौडेल र रमेशकुमार रघुुवंशी सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएका छन् । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ७० करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकमा लुम्बिनी विकास बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड , विकास आयोजना सेवा केन्द्र, र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञहरूको लगानी रहेको छ ।