चार्टर्ड बैंकको बोनस सेयर पारित

 काठमाडौं / रास– स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३१औं वार्षिक साधारण सभाले शतप्रतिशत बोनस सेयर पारित गरेको छ । बैंकको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष जितेन्दर अरोरा, प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानस तथा अन्य सञ्चालकको उपस्थितिमा रहेको बैंकले जनाएको छ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको साधारण सभाले पारित गरेको बोनस सेयर वितरण गरेपश्चात् चुक्तापुँजी ८ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । बैंकले अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गरेको छ ।