स्वयम्भूको भजन मण्डलीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं, २८ पुस । स्वयम्भू चैत्य परिसरमा रहेको भजन मण्डलीमा अहिले आगलागी भइरहेको छ । आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि सम्भव हुन सकेको छैन । प्रहरीका अनुसार साँझ पौने ७ बजेदेखि आगलागी भएको  हो ।