आयोगमा २१ दल दर्ता

काठमाडौं / रास– राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन २१ राजनीतिक दलले दर्ता गराएका छन्् । निर्वाचन आयोग प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २१ दल दर्ता भएको जानकारी दिए । राष्ट्रिय दल बन्न नसकेका १६ दलले पनि निर्वाचनमा भाग लिने तयारी गरेका छन्् । उनीहरूले निर्वाचनका लागि आयोगमा दल दर्तासमेत गराएका छन्् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलका लागि १५ दिनको समय तोेकेको थियो । आयोगले तोकेको समय शुक्रबार सकिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी), विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपाली जनता दल र राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालले दल दर्ता गराएका छन्् । जसमध्ये एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मात्रै राष्ट्रिय पार्टी हुन् ।