आइडियल र टाइम्स सेमिफाइनलमा

काठमाडौं / रास– आइडियल ‘ए’ र टाइम्स प्रथम केब्स कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । आइडियल ‘ए’ ले इस्टपोललाई ४–० गोलले पराजित ग¥यो । सुरज ठकुरीले २ तथा सागर थापा र सागर तामाङले १–१ गोल गरे । टाइम्सले आइडियल ‘बी’ लाई २–१ गोलले हरायो । टाइम्सका अनिश कार्कीले २ गोल गरे । आइडियल ‘बी’ का ग्याल्जेनले सान्त्वना गोल गरे । विट्स एकेडेमी र जेम्स पनि सेमिफाइनलमा पुगेका छन् । विट्सले केयु सिटी ‘ए’ लाई १–० गोलले पाखा लगायो । समिर घलानले निर्णायक गोल गरे । जेम्सले आयोजक केब्स ‘ए’ लाई ३–२ ले पछ्यायो । जेम्सको जितमा सम्भव सबै गोल भुपेनले गरे ।