टंकलाई दोहोरो स्वर्ण

काठमाडौं / रास– टंकबहादुर कार्की एनजीए ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन् । प्रतियोगिताको अन्तिम दिन एकलतर्फ २ ओभर ७० अंक जोड्दै समग्रमा ३ ओभर २०७ का साथ शुक्रबहादुर राईलाई ५ स्ट्रोकले हराउँदै दोहोरो स्वर्ण जित्न सफल भएका हुन् । यसअघि टंकले टिमतर्फ पनि स्वर्ण जितेका थिए ।

शुक्रले १ अन्डर ६७ को दिनकै उत्कृष्ट सेकोरकार्डमा समग्रमा ८ ओभर २१२ का साथ रजत पदक जिते । उनको यो दोस्रो रजत हो । टिममा उनी सम्मिलित निर्भाना कन्ट्री क्लबले पनि रजत जितेको थियो ।

सुवास घिसिङले ९ ओभर ७७ अंक जोड्दै समग्रमा १८ ओभर २२२ को नतिजामा कांस्यपदक हात पारे । बिपिन तामाङ, सुन्दर राई, नवराज थापा र सुरेश तामाङ क्रमशः चौथोदेखि सातांै भए ।