पौरखी दम्पती

पौरखी दम्पती

ध्रुव लम्साल

यस वर्ष तिहारमा १० हजार पिस (दुईलाख बराबर) को सेलरोटी बेचेका थिए अमृत र शारदा ढकालले । अनामनगरमा अनिषा खाजा घर सञ्चालन गरेका ढकाल दम्पती गुणस्तरको मामिलामा सचेत छन् ।‘बरु मार्जिन कम होस् तर गुणस्तर कायम गर्ने सवालमा हामी सचेत छौं,’ ढकालले भने । चिनी हालेको, नहालेको, घिउमा पकाएको, तेलमा पकाएको, मनसुली चामल वा टाइचिन अडरअनुसारको सेलरोटी पाइन्छ ।उनको पसलको सेलरोटी झापा, मोरङ, धनगढीदेखि जापान, कोरिया र युकेसम्म पुगेको छ । अनामनगर क्षेत्रमा लाहुरे परिवारको बाहुल्य भएकाले कोसेलीस्वरूप युके धेरै जाने गरेको छ । ‘लाहुरे परिवार धेरै हुनुहुन्छ । उहाँहरूले आफ्ना छोरी ज्वाइँ, नाति नातिनालाई केसेलीस्वरूप सेलरोटी पठाउनुहुन्छ,’ उनले भने । उनको भनाइअनुसार शुद्ध चामलको पिठोमा बनेको सेलरोटी १५ दिनसम्म खान मिल्छ । ‘कुनै केमिकल हालेका छैनौं ढुसी आउने र गन्हाउने हुन्न । ओभनमा तताएर खान मिल्छ,’ शारदाले भनिन् ।

दुई किलो चामलबाट सुरु

पसल सुरु गर्दा पहिलो दिन दुई किलो चामलको सेल बनाएका थिए ढकाल दम्पतीले । ‘धेरै पकाएर के गर्नु बिक्री हुने हो कि हैन ?’ त्यही कारण अड्कलेर बनाएका थिए । पकाउँदा पकाउँदै सकियो । दोस्रो दिन पाँच किलो चामलको सेल बनाए त्यो पनि सकियो । क्रमशः चामलको मात्रा बढाउँदै लगेका ढकाल दम्पती अहिले दैनिक २० किलो चामलको सेलरोटी बनाउँछन् ।
सुरुमा उनको पसलमा सेलरोटीको मूल्य ७ रुपैयाँ थियो । त्यसपछि १०, १२, १५ हुँदै अहिले प्रतिगोटा २० रुपैयाँ छ । बजार महँगीअनुसार मूल्य बढाएको बताउने अमृत ग्राहकहरूकै सुझावअनुसार अघि बढेको बताउँछन् । ‘आजसम्म मैले मेरै निर्णयअनुसार मूल्य बढाएको छैन । यही आउने ग्राहकहरूले भन्नुहुन्छ अनि बढाउँछु,’ उनले भने ।


गुणस्तरको मामलामा उनी सचेत छन् । शुद्ध चामलको पिठोको सेल बन्छ उनको पसलमा । सेल खाएर कसैलाई कुनै असर गरेको छैन । सेलका लागि आवश्यक पर्ने सोना मनसुली चामल कालीमाटीबाट ल्याउँछन् । यदि कसैले स्पेसल अर्डर ग¥यो भने अर्डरअनुसार पनि बनाउँछन् । टाइचिन चामल भैंसीको घिउमा बनाएको सेलरोटीको अर्डर आउँछ बेलाबेलामा । टाइचिन चामल किलोको १२० रुपैयाँ पर्छ भने भैंसीको घिउ प्रतिकिलो हजार  रुपैयाँ पर्छ ।

४५ वर्ष पार गरेका अमृत ढकाललाई लाग्छ, आफ्नो काम आफैं गर्नुपर्छ । १६ वर्ष स्कुलको सेवा गरेर रित्तो हात फर्किएका उनलाई कतिपय युवा रोजगारीका लागि कतार, मलेसिया गएको मन परेको छैन । मिहिनेत गर्ने हो भने यही“ मनग्य आम्दानी हुने सम्भावना देखेका छन् 

आफ्नो काम आफैं

श्रीमान्, श्रीमति र ३ छोरी । पाँच जनाको परिवारले पसल धानेको छ । जेठी छोरी त्रिचन्द्रमा विज्ञान पढ्छिन् भने माइली नोबेल कलेज, कान्छी नेपाल मेघा स्कुल कक्षा दशमा । पढाइलाई पहिलो प्राथमिकता दिने तिनै छोरीहरू पढाइमा अब्बल छन् । जेठी छोरीले ०६८ सालको एसएलसीमा ९१ प्रतिशत अंक ल्याएर छात्रातर्फ काठमाडांै टप गरेकी थिइन् । अरू दुई छोरीले पनि हरेक परीक्षामा ९० प्रतिशतकै हाराहारीमा नम्बर ल्याउने गरेका छन् । कलेज नभएको बेला त्यही पसलमा भेटिन्छिन् । चिया, बनाउने, तरकारी बनाउनेलगायतका काम गर्छन् तीनै दिदी बहिनी मिलेर । ‘छोरीहरूलाई यो काम गर भनेर अ¥हाउनुपर्दैन । के गर्नुपर्ने छ, आफैं गर्छन्,’ अमृतले भने ।

स्कुलले निकालेपछि उद्यमी

१६ वर्षसम्म अनामनगरमा रहेको मिलन विद्यामन्दिर (अहिलेको नेपाल मेगा स्कुल) मा काम गरेका उनी अभिभावक र विद्यार्थीका प्रिय थिए । मासिक ८ सय तलबमा काम सुरु गरेका अमृतले कोठाभाडा तिर्नुपथ्र्यो ११ सय । श्रीमती घरको काम गर्थिन्, निकै दुःखले चलेको थियो जिन्दगी । तैपनि, सबै अभिभावकले माया गर्थे । ‘म त्यसैमा खुसी थिएँ । ‘स्कुले केटाकेटीहरू पनि अमृत दाइ भन्दै झुम्मिन्थे,’ उनले भने ।
काम गरको १६आंै वर्षमा उनको तलब थियो ४५ सय । आर्थिक कारण देखाउँदै स्कुल व्यवस्थापनले उनलाई हटाउने निर्णय ग¥यो । स्कुलले हटाउने निर्णय गरेलगत्तै अभिभावकहरू स्कुलमै गएर प्रिन्सिपललाई भने, ‘अमृत दाइलाई हटाउन पाइँदैन ।’ स्कुल व्यवस्थापनले उनैलाई राख्ने कुरा गरे तर अमृतले काम गर्न मानेनन् । किनकि, उनले आफ्नै काम गर्ने निर्णय गरिसकेका थिए । जागिर छाडेको दुई वर्षपछि पनि उनलाई स्कुल बोलाएको थियो मासिक १५ हजार दिने सर्तमा । उनी गएनन् । ‘अब आफ्नै काम सुरु गरिसकें अरूको काम गर्दिनँ,’ उनले भने ।
४५ वर्ष पार गरेका अमृतलाई लाग्छ, आफ्नो काम आफैं गर्नुपर्छ । १६ वर्ष स्कुलको सेवा गरेर रित्तो हात फर्किएका अमृतलाई कतिपय युवा रोजगारका लागि कतार, मलेसिया गएको मन परेको छैन । मिहिनेत गर्ने हो भने नेपालमै मनग्य आम्दानी हुने सम्भावना देखेका छन् । कामप्रति इमानदार मान्छे आफ्नै काम आफैं गर्छु भनेर आउँछ भने बाटो देखाउन तयार छन् । ‘कोही मान्छे म नेपालमै काम गर्न चाहन्छु भनेर आउँछ भने उसलाई सेल बनाउने सीपसहित लगानीसमेत गर्दिनँ तयार छु । तर, इमानसाथ काम गर्नुपर्छ,’ उनले भने । पसललाई प्यानमा दर्ता गरेका अमृत आफूले राज्यलाई मासिक कर
तिरेको बताउँछन् ।

विधि पुरानै

परम्परागत रूपमा गाउँघरमा जसरी सेल बनाइन्छ, उनको पनि स्टाइल त्यही हो । सुरुमा चामल खलमा पिध्थे । रोटीको खपत बढ्दै जाँदा मिक्सचरमा पिँध्न थालेका छन् । ‘मिलमा पिँधेको पिठो काम लाग्दैन । मिलमा पिँधेको पिठोमा गुणस्तर हुँदैन,’ उनले भने ।
मौसमअनुसार पिठो बनाउनुपर्छ । मंसिरदेखि फागुनको आधाआधीसम्म अघिल्लै दिन साँझ पिठो कुटेर राख्नुपर्छ । फागुनदेखि कात्तिकसम्म भने अघिल्लो बेलुका भिजाएको पिठो बिहान कुट्नुपर्छ । अनि झरर परेको सेल बन्छ ।सेलरोटी बनाउन उनलाई पनि आउँछ । प्रायः सेलरोटी पकाउने काम श्रीमती शारदाले गर्छिन् । आलु, चनालगायतको तरकारी बनाउने काम उनी गर्छन् । ‘मैले भन्दा श्रीमतीले बनाएको सेल बढी राम्रो हुन्छ,’ उनले भने ।

परम्परागत परिकार जोगाउने मन

स्याङ्जा आँधीखोला नगरपालिकाका ढकाल गाउँमै जन्मे, गाउँमै हुर्के । उनको बाको स्याङ्जामै सेल पसल थियो । राम्रै चल्थ्यो । उनी गाउँ छाडेर सहर आए । सहरमा सेलरोटीको दोकान निकै थोरै देखे । नेवारी खाजा घर टोलै पिच्छे थियो तर सेलरोटी पाइन्नथ्यो ।उनलाई भित्री मनमा लागिरहन्थ्यो । ‘दही र सेलरोटी त सगुन हो । यसलाई कसरी जोगाउने ?’ विवाह, व्रतबन्ध र पूजा पाठमा सेल अनिवार्य भए पनि खाजाका रूपमा मान्छेहरूले खान छोडेकोमा निको लागेको थिएन अमृतलाई । उनले सोचे, ‘जे पर्ला पर्ला, सेलरोटीकै व्यापार गर्छु ।’