माघीको रौनक

माघीको रौनक

नवीन लुइँटेल

माघ महिनाको पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । यस दिनलाई माघे संक्रान्ति पर्वका रूपमा मनाइने परम्परा छ । हरेक महिनाको पहिलो दिन संक्रान्ति मनाउने गरे पनि माघ महिनामा मनाइने मकर संक्रान्तिलाई विशेष महŒवका साथ हेर्ने गरिन्छ । यस चाडलाई माघीका रूपमा पनि लिने गरिन्छ । यसपालि सोमबार माघे संक्रान्ति परेको छ । हिन्दू धर्ममा दसैं तिहारजस्तै माघे संक्रान्तिलाई पनि उत्तिकै महŒवका साथ मनाउने चलन छ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संव्रmान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई‘मकर संव्रmान्ति’ पनि भन्ने गरिन्छ । माघे संव्रmान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाउने परम्परा छ ।

यस दिन नुहाइ धुवाइ गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने विश्वास छ । यस दिन तेल शरीरमा लगाउनाले मासको खिचडी खानाले शरिरमा सर्दी नलाग्ने विश्वासछ । यस्तै शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

यस पर्वमा देवघाट, बराह क्षेत्र, रिडी, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगासागरलगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्छ ।  यस दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यो चाडमा गुरु, पुरोहित र ब्राहमण आ­आप्mना यजमानको घर गई माघ महिना सुनाउने गरिन्छ । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् ।

नयाँ वर्ष आरम्भका रूपमा लिइने

‘माघी’ पर्वका अवसरमा थारू बस्तीमा गाउँको मूल घरमा भेला भई खानपिन र नाचगान गरी रमाइलो गरिन्छ । माघी पर्वकै अवसर पारेर थारू समुदायमा दाजु­भाइबीच अंशबन्डासम्बन्धी कामसमेत हुने गर्दछ । गत वर्षको समीक्षा र आगामी वर्षको कार्ययोजना पनि माघमा नै गरिन्छ । पाँच दिनसम्म मनाइने यो पर्वका बेला नदी वा जलाशयमा नुहाई­धुवाई गरिसकेपछि मान्यजनबाट टीका ग्रहण गर्ने चेलीबेटीलाई माइतीघरमा बोलाएर चामल दाल नुनलगायतको अन्न दक्षिणाका रूपमा दिने चलन रहेको छ ।

राजधानीमा थारूहरूको कार्यक्रम

थारूहरूले माघी पर्व विशेष महŒवका साथ मनाउने गछन् । थारू बाहुल्य रहेका तराई क्षेत्रमा मात्र नभई राजधानीमा थारूहरूले माघी पर्व मनाउँदै छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने एउटा थारू समुदायले टुँडिखेलमा कार्यक्रम गर्दै छ । माघी महोत्सव २०७४ मूल आयोजक समितिले माघीका दिन माघी महोत्सव गर्दै छ । विभिन्न स्टल रहने महोत्सवको प्रमुख आकर्षण थारू वेषभुषा, संस्कृति र हस्तकलाको प्रर्दशन हुनेछ । महोत्सवमा थारू संस्कृति झल्किने सखिया, झुम्रा, मुग्रहवा, दिननचुवालगायतका सांस्कृतिक नृत्य प्रस्तुत गर्ने परम्परा छ ।

उपत्यकामा थारू समुदायले सामूहिक रूपमा माघी पर्व २०५९ देखि महोत्सवका रूपमा मनाउन थालेका हुन् । सरकारले यो पर्वलाई २०६४ सालदेखि मात्र राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको हो । उपत्यकामा झन्डै २ लाख थारूहरू बसोबास गर्दै आएका छन् । माघ १ गतेलाई विभिन्न समुदायले आआफ्नै तरिकाले मनाए पनि, थारूहरूले यसलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

दाङ, बाँके, बर्दिया, कैलालीलगायत सुदूरपश्चिमका थारूहरूले माघको पहिलो दिनलाई मुक्ति र स्वतन्त्रताको नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउने गर्दछन् । सांस्कृतिक पर्वसमेत रहेको यो चाडमा उनीहरू विभिन्न मौलिक वेषभुषामा सजिसजाउ भई, गीत संगीतमा मस्त हुन्छन् ।

नयाँ वर्षको सुरुवातको दिन गाउँका सबै मिलेर अर्को वर्षका लागि नयाँ कामको प्रतिबद्धता गर्ने तथा  गाउँका थकाली, मुखिया, महतो, धामी, पुजारी आदि यसैदिन सर्वसम्मतिबाट छान्ने काम थारू समुदायमा हुन्छ । माघिको अवसरमा महिला र पुरुषले मघौटा नाँचगान गर्ने प्रचलन छ । माघिको मुख्य परिकार ढिकिर जाँड र अनदी चामलको रोटी हो । माघीमा थारू समुदायका महिला र पुरुषहरू घरघरमा गएर खानपिन गरी एक आपसमा माया साटासाट गर्ने प्रचलन छ ।