ट्रकले हानेर ठकुरीको मृत्यु

काभ्रे /रास– जिल्लाको धुलिखेल नगरपालिका बाँसघारीमा ना६ख १९४३ नम्बरको एलपी ट्रकले बा५९प ८९५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

ट्रकको ठक्करले काभ्रेको धुलिखेल–९ का ५० वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । धुलिखेल बाँसघारीमा स्कुटरलाई ठक्कर दिएर भागेको गाडी प्रहरीले बनेपामा नियन्त्रणमा लिएको थियो । दुर्घटना गराउने चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।