मोटरसाइकल दुर्घटनामा मृत्यु

सुनसरी / रास– सुनसरीको इटहरीमा गयराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी–५ बस्ने २२ वर्षीय अरुण राई रहेका छन् ।

को १० प १७३० नम्बरको मोटरसाइकल गयराति करिब साढे ११ बजे इटहरी–६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । मोटरसाइकल ठोक्किँदा गम्भीर अवस्थामा रहेका राईलाई प्रहरीको गस्ती टोलीले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएका थिए । राईको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।