रुकुमेली जनताको न्यायमा पहुँच : प्रधानन्यायाधीश

रुकुम / रास– प्रधानन्यायाधीश गोपाल पराजुलीले शुक्रबार रुकुमकोट जिल्ला अदालतको उद्घाटन गरेका छन् । प्रधानन्यायाधीश पराजुलीले संविधान कार्यान्वयनको चरणको क्रममा रुकुमकोट जिल्ला अदालतको सुरुवात हुनु महŒवपूर्ण उपलब्धि भएको बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले संविधानको कार्यान्वयन गर्दै जिल्ला अदालतको स्थापनाबाट रुकुमेली जनताको न्यायमा पुहँच बढ्ने बताए । उनले न्याय र न्यायिक प्रकृयाबाट अदालत विचलित हुन नहुने समेत बताए । कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिमला मन्त्री यज्ञबहादुर थापाले संघीय व्यवस्थापछि नयाँ संरचना निर्माण हुँदै गर्दा अभाव भए पनि समयक्रमसँगै यसले मूर्त रूप लिने बताए । उनले जिल्ला अदालतको स्थापनाले रुकुम पूर्वका जनतालाई न्यायमा पहुँचको विस्तार भएको भन्दै बधाई ज्ञापन गरे ।

कार्यक्रममा रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोकाले ४४ वर्षपछि रुकुमकोटबाट स्थानान्तरण भएर मुसिकोट सरेको संरचना फेरि फर्कनु र आफ्नै आँगनमा अदालत पाउनु रुकुमेली जनता खुसी रहेको बताइन् ।