स्वास्थ्यचौकीमा औषधिसमेत पाइँदैन

सल्यान / रास– जिल्लाको बागचौर नगरपालिका –४ का गर्भवती र सुत्केरी महिलाहरू  आधारभूत औषधि सेवनबाट बन्चित भएका छन् । यहाँका महिलाहरूले विगत डेढ महिनादेखि आइरन चक्कीको सेवन गर्न न पाएको गुनासो गरेका छन् ।

महिलाहरूलाई गर्भवती तथा सुत्केरी भएका बेला आइरनको कमी नहोस् भनेर आइरन चक्की प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क रूपमा सरकारले दिने गर्दछ । गर्भ रहेको चार महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरन चक्की खानुपर्छ । तर बागचौर नपा –४ मा विगत डेढ महिनादेखि आइरन चक्कीका साथै अन्य औषधीको समेत अभाव भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका रमादेवी वलीले बताइन् ।