एक करोडको दूध बिक्री

बेनी, म्याग्दी / रासस– बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक १ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । उनीहरूले दूध बिक्री गरेर मासिक ४० हजार रुपैयाँदेखि १ लाखसम्म आम्दानी गर्दै आएका छन् । कतारबाट फर्किएर गाउँमा भैंसीपालन गर्दै आएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक १ लाख रुपैयाँभन्दा बढी कमाउन थालेकी छन् । उनले २०६८ सालमा १ लाखको लगानीमा दुईवटा भैंसी खरिद गरेका थिए । दूधबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले ६ वटा भैंसी र एउटा उन्नत जातको जर्सी गाई पालेका छन् । उनले दैनिक ७० लिटर दूध बिक्री गर्दै आएका छन् ।

केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रूपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक १ लाखभन्दा बढी कमाई गर्दै आएका छन् ।