विदेशी बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न समय थप

राजधानी समाचारदाता / काठमाडौं

विदेशी बिमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि दुई महिना समय थप गरिएको छ ।  बिमक दाता तथा बिमा व्यवसायसम्बन्धी निर्देशिका २०७३ ले आगामी (२०७५) असार मसान्तसम्म जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने प्रावधान बिमा समितिको छ । सो प्रावधानअनुसार गत असारमै सबै बिमा कम्पनीहरूले पुँजी वृद्धिको योजना समितिमा पेस गर्नुपर्ने थियो । तर मेटलाइफ इन्स्योरेन्स कम्पनी, ओरियन्टल इन्स्योरेन्स कम्पनी र नेसनल इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीको पुँजी वृद्धि योजना बुझाएका थिएनन् भने पुँजी वृद्धिका लागि समय माग गरेका थिए ।

सोही मागका आधारमा समितिले ती विदेशी बिमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि दुई महिनाको समय थप गरेको हो । समितिका अनुसार ती विदेशी बिमा कम्पनीहरूले समितिले तोकेको समयमा पुँजी नपु¥याएसम्म लाभांश लैजान पाउनेछैनन् । समितिले त्यस्ता समयमा पुँजी नपु¥याउने विदेशी बिमा कम्पनीलाई गत वर्षको मुनाफा तथा आगामी दिनमा गर्ने मुनाफाको लाभांश लैजान रोक लगाउन सक्ने व्यवस्था छ ।

ती बिमा कम्पनीहरूले अहिलेसम्म लाभांश नलगेको समितिले जनाएको छ । समितिका निर्देशक राजुरमण पौडेलले भने, ‘तिनीहरूले अहिलेसम्म लाभांश लगेका छैनन् ।’ पुँजी वृद्धिका लागि दुई महिना समय थप गरेको बताउँदै समितिले ती विदेशी बिमा कम्पनीहरूले तोकेको समयमा पुँजी पु¥याउने निर्देशक पौडेलको भनाइ थियो । समितिले बिमक दाता तथा बिमा व्यवसायसम्बन्धी निर्देशिका २०७३ मा व्यवस्थाअनुसार समितिले विदेशी बिमा कम्पनीहरूलाई लाभांश लैजान रोक्न सक्ने व्यवस्था छ । बिमा समितिले जारी गरेको सो निर्देशिकाअनुसार विदेशी बिमा कम्पनीहरूले तोकिएको पुँजी, जगेडा कोष, बिमा कोष तथा सोल्भेन्सी मार्जिन कायम नगरेसम्म लाभांश घोषणा गर्न र वितरण  गर्न पाउनेछैनन् ।

तर सबै स्वदेशी जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले भने पुँजी वृद्धिको योजना बुझाइसकेका छन् । उनीहरू पुँजी वृद्धिको कसरतमा लागेका छन् । स्वदेशी सबै बिमा कम्पनीहरूले हकप्रद र बोनस सेयरको माध्यमबाट पुँजी वृद्धि गर्ने योजना समितिमा बुझाएका थिए । नेपालको बिमा क्षेत्र तथा बिमा कम्पनीहरूलाई बलियो तथा प्रतिस्पर्धी बनाउनका लागि समितिले निर्देशिका मार्फत बिमा कम्पनीहरूको पुँजी वृद्धि योजना अघि सारेको थियो ।