पूर्णिमाको १९ दशमलव १९ प्रतिशत बोनस पारित

काठमाडौं / रास– पूर्णिमा विकास बैंकले आफ्ना सेयर धनीहरूलाई १९ दशमलव १९ बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले आव २०७३÷७४ को वित्तीय हिसाबबाट सेयरधनीहरूलाई कर कट्टीपश्चात् १९.१९ प्रतिशत बोनस सेयर रकम ८ करोड ४५ लाख ५० हजार रूपैयाँ दिने घोषणा गरेको हो ।

बोनस सेयर जारी गरेपश्चात् बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख रूपैयाँ पुगेको छ । बैंकको अधिकृत पुँजी १ अर्ब २० करोड, जारी पुँजी ५२ करोड ५० लाख, चुक्ता पुँजी ५२ करोड ५० लाख कायम गर्ने बैंकको साधारण सभामा प्रस्ताव पारित भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ को २७ पुससम्ममा बैंकले २ अर्ब ५८ करोड निक्षेप संकलन गरेको छ । बैंकले २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।