चेम्बर अध्यक्षमा पुनः श्रेष्ठ

राजधानी साचारदाता / काठमाडौं

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्बरको ६७औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नवनिर्वाचित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । साथै कमलेशकुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला, नगर), इच्छाराज तामाङ उपाध्यक्ष        (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरू सर्वसम्मत चुनिएका छन् ।

मुलुक संघीय संरचनामा गएसँगै चेम्बरको सांगठनिक संरचना पनि त्यहीअनुसार गएको छ । जसअनुसार ७ वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।